२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुधबार बिहान चन्दननाथ मन्दिरको ज्वाला निभेपछी यो शुभ सङ्केत होइन भन्दै स्थानीय चिन्तित

१५ फाल्गुन २०७५, बुधबार १३:०३

उपेन्द्र न्यौपाने | फागुन १६, सिञ्जा (रासस) | कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने मान्यता छ । “उल्टो हावा लाग्यो, भुमरीमा हिउँ परेको थियो, ज्वाला निभेपछि मात्रै थाहा भयो”, आचार्यले भन्नुभयो । पुजारी रमेश न्यौपानेले पूजा गर्ने समय तथा हिमपात र हावा एकैसाथ लागेपछि ज्वाला निभेको बताउनुभयो । उहाँका अनुसार ज्वाला ल्याउन दैलेख जिल्लाको शिरस्थानमा जानुपर्छ । गुठी समितिका कार्यवाहक अध्यक्ष हस्तबहादुर थापासहितको टोली ज्वाला ल्याउनका लागि दैलेख जाने भएको छ । 

यसअघि विसं २०७० मा चन्दननाथ मन्दिरमा मूर्ति चोरी भएपछि संयोगले ज्वाला निभेको थियो । एक जना बाबाले दैलेख हुँदै ज्वाला ल्याएका थिए । “त्यो ज्वाला अहिलेसम्म बलेको थियो, एक्कासि निभ्यो” आचार्यले पुरानो मान्यता मान्दै भन्नुभयो, “यो शुभ सङ्केत होइन ।” एक्कासि ज्वाला निभेपछि स्थानीयवासी पनि चिन्तित छन् । 


बिहानको पूजा नियमित रुपमा चलिसकेपछि साढे ९ बजे तीव्र गतिले चलेको हावाले ज्वाला निभेको थियो । मन्दिर खोलेर पूजा गर्ने समयमा ध्वनि कोठामा गोब्रे हालिन्छ । ज्वालामा एक महीनामा २८ माना घिउ हाल्नुपर्छ । ज्योति नआउँदासम्म मन्दिरमा पूजा नहुने भएको छ । भारी हिमपात र वर्षा भइरहेकाले ज्वाला लिन दैलेख जान समेत कठिन भएको छ । दैलेख शिरस्थानबाट ज्वाला ल्याउने समयमा पूजा गर्नुपर्छ । बाटोमा पूजा गर्दै ल्याउनुपर्छ । मन्दिर स्थापना भएदेखि ज्वाला ल्याउने चलन बसेको बताइन्छ । 

निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले ज्वाला निभेका विषयमा जानकारी दिन गुठी समितिको टोली मन्दिरमा बोलाइएको जानकारी दिनुभयो । उहाँले दैलेख गएर चाँडोभन्दा चाँडो ज्वाला ल्याउनका लागि पहल थाल्न निर्देशन पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान