२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको ग्रामीण भेगका महिलाहरुमा पाठ्यघर खस्ने समस्या डरलाग्दो अवस्थामा (तश्वीरहरु)

२०७५, १७ फाल्गुन शुक्रबार ११:३१

दानबहादुर बुढा | फागुन १७, मुगु | बिकट हिमालि जिल्ला भनेर चिनिने मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेकि ग्रामीण महिलाहरुमा पाठ्यघर खस्ने समस्या डर लाग्दो देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा र मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेण्डेक मुगुले आयोजना गरेको तीन दिने स्वास्थ्य शिविरमा त्यस्तो देखिएको हो । यसै हप्ता सञ्चालन भएको स्वास्थ्य शिविरमा स्वास्थ्य उपचार गराउन आएका कुल १ हजार ५ सय ४९ जना सेवाग्राही मध्य सात सय तिस जना महिलाको स्वास्थ्य परिक्षण गर्दा सबै महिलामा पाठ्यघर खस्ने समस्या देखिएको उपचारमा संलग्न स्त्री रोग विशेषज्ञ डाक्टर सुनिता भण्डारीले जानकारी दिईन । 

पाठे्यघर खस्ने समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेको पाईएको छ । पाठेयघर खस्ने समस्या रहेका सात सय तिस जना मध्य ३३ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको र गम्भीर समस्या भएका तिन जनालाई सुविधा सम्पन्न अस्पतालमा जान प्रेसण गरिएको स्वास्थ्य शिविरका आयोजक हेरेण्डेकका कार्यक्रम प्रमुख नमराज रावतले जानकारी दिए ।

 

 स्थानिय सरकार मानिएको सोरु गाउँ पालिकाले स्वास्थ्य क्षेत्रमा अन्य काम गदै खाएपनि बिशेष गरी ग्रामीण बस्थीमा आफ्नो रोग लुकाई राखेकी महिलाईको हकहितको लागी कुनै पनि कार्यक्रम नल्याएको र कुनै पनि निति नबर्नएको पाईएको छ ।

पाठेघर खस्ने समस्या भएका महिला पहिला त घर परिवार र श्रीमानबाट नै अपहेलित हुने गरेका र सम्पुर्ण कामको बोझ पनि उनिहरुलाई नै रहेकाले पिडित हुन पुगेका महिलाको स्वास्थ्यका लागि गाउँपालिकाले चेतना मुलक कार्यक्रम संगै स्वास्थ्य उपचारका लागि छुट्टै निती गरि कार्यान्वयन गर्ने भनिएतापनि बिशेस गरि महिलाको स्थस्थ्य क्षेत्र भन्दा पनि आए आजन लगाएत अन्य योजना प्रथामिकतामा रहेका सोरु गाउँपालिकाकी उपाध्याक्ष राज्यलक्ष्मी मल्लको दावी छ                ।


ठूलो रकम खर्च गरेर नेपालगंन्ज काठमाडौ जानु भन्दा घर आगनमानै उपचार पाउदा स्थानिय महिलाहरु पाठेघर लगाएत अन्य रोगको उपचार गर्न आएका स्थानिय बासीहरु निकै खुसी भएका छन । 

सानै उमेर विवाह गर्ने, छिटो छिटो र धेरै बच्चा जनमाउने गर्भवती भएको तथा सुत्केरी भएको बेलामा समेत अत्याधिक बोझिलो काम गर्ने भएकाले महिलामा पाठेघर खस्ने समस्या विकराल बन्दै गएको स्वास्थ्यकर्मिहरुले बताएका छन ।  तिन दिने स्वास्थ्य शिविरमा उपचार गराउन आएका अधिकाँश बालबालिकामा कानको जाली फुटेर कान कम सुन्ने समस्या देखिएको नाक, कान घाँटी विशेषज्ञ डाक्टर दिपेश शाक्यले जानकारी दिए । डाक्टर शाक्यका अनुसार स्वास्थ्य परिक्षण गरिएका ४ सय ५५ बालबालिका मध्य २ सय ५० बालबालिकामा कानको जाली प्वाल परेर कम सुन्ने समस्या देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते