२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आरोहणका लागि ६१६ जनाले पाए अनुमति

२०७५, २८ चैत्र बिहीबार ०७:५५

भोजराज कार्की | चैत २८, सोलुखुम्बु | देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ ।         

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार बुधबारसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन् । आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २५१ पुरुष र ४९ महिला रहेका छन् । सोमा नेपाली महिला छ र पुरुष छ जना छन् ।         

सगरमाथाको शिखर जानेमा सबैभन्दा धेरै भारतका ५८ पुरुष र नौ महिला गरी ६७ पर्वतारोही रहेका पर्यटन बोर्डका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । उनका अनुसार अमेरिकाका ५९ पुरुष र चार महिलासहित ६३, चीनका ३० पुरुष र १० महिलासहित ४० र बेलायतका ३६ पुरुष र तीन महिलासहित ३९ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन् ।        

नर्वेका चार पुरुष र तीन महिलासहित सात, जापानका चार पुरुष र दुई महिलासहित छ, हङकङ र अर्जेन्टिनाका चार–चार जना पुरुषसहितले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन् । विभिन्न कीर्तिमानी कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने गरिएको छ ।         

यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्सेका लागि सात समूहका ६६, छ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि चार समूहका ४१, सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ र आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २३ आरोहीले अनुमति पाएका पर्यटन बोर्डले जनाएको छ । यस्तै आठ हजार ४६३ मिटर उचाइको मकालु हिमाल आरोहणका लागि चार समूहका ५३ ले अनुमति लिएका नायब सुब्बा निरौलाले जानकारी दिए ।         

करिब रु ४० करोड राजश्व सङ्कलन         

सगरमाथासहित देशका २० हिमाल आरोहण गर्ने आरोहीबाट बुधबारसम्म रु ३९ करोड १५ लाख ४४ हजार १४५ राजश्व सङ्कलन गरिएको छ । सबैभन्दा धेरै सगरमाथा आरोहीबाट रु ३४ करोड ८३ लाख ७२ हजार २१२ सलामी दस्तुर सङ्कलन भएको विभागले जनाएको छ ।         

सगरमाथा आरोहण गर्न अनुमति लिएका विदेशी आरोहीबाट प्रतिआरोही ११ हजार डलरका दरले रु ३४ करोड ७४ लाख ७२ हजार २१२ राजश्व सङ्कलन भएको छ । त्यस्तै नेपाली आरोहीबाट रु ७५ हजारका दरले रु नौ लाख राजश्व सङ्कलन भएको पर्यटन विभागका नायब सुब्बा निरौलाले जानकारी दिए ।       

बोर्डको तथ्याङ्कअनुसार देशका विभिन्न हिमाल आरोहरणका लागि अनुमति लिएका आरोहीबाट जम्मा रु ३९ करोड १५ लाख ४४ हजार १४५ रोयल्टी जम्मा भएको छ । नेपालका विभिन्न क्षेत्रमा रहेका २० हिमाल आरोण गर्ने ७० समूहका ६१६ आरोहीबाट उक्त राजश्व सङ्कलन भएको हो ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा