२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू

२०७६, २ बैशाख सोमबार ०८:४३

वैशाख २, सोलुखुम्बु । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो  तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए ।

पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ ।  आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका बेला ९.२० मा समिट एयरकोे ९ एन–एएमएच विमान दुर्घटनामा प¥योे । प्रत्यक्षदर्शी प्रहरी निरीक्षक देउप्रसाद लिम्बूका अनुसार धावनमार्गको दायाँ भागमा रहेको हेलिकोप्टर पार्किङस्थलमा मनाङ एयरको हेलिकोप्टर अवतरण भएको केही मिनेटमै एउटा विमान उडेको  थियो । त्यतिबेलासम्म समिट एयर रनवेको बायाँपट्टी रहेको पार्किङस्थलमा नै उड्नका लागि तयार भएको थियो ।

लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको विमान धावन मार्गको दुईसय मिटर पर पुगी एक्कासि दायाँतिर मोडियो र पार्किङ गरी राखिएको मनाङ र श्रीएयरको हेलिकोप्टरमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी निरीक्षक लिम्बूले बताउनुभयो । 

“बिहानैदेखि हामीसँगै थियांै ।” उहाँले भन्नुभयो, प्रहरी नायब निरीक्षकद्वय रामबहादुर खड्का र रुद्र श्रेष्ठ केहीमिटर तल हुनुहुन्थ्यो, हामी पनि त्यतै जाँदै थियौं, विमानको  आवाज अलि फरक खालको सुनियो र  फर्केर हेर्दा हामीतिरै विमान आउँदै गरेकाले माथिल्लो कुनातिर लाग्यांै, तर उहाँहरू पछाडि नफर्किएकाले हुनसक्छ दुबैलाई   किच्दै हेलिप्याडमा पुगेर त्यहाँ रेहेको हेलिकोप्टरलाई समेत क्षति पु¥यायो, हामी तत्काल उद्धारमा जुट्यौ ।” प्रहरी निरीक्षक लिम्बूले भन्नुभयो, “दुई प्रहरी नायब निरीक्षकलाई हेर्दाहेर्दै विमानले किच्यो, खड्काको तत्काल मृत्यु भयो, श्रेष्ठ भने सख्त घाइते हुनुभयो ।” 

भावुक बन्नुभएका उहाँले बताउनुभयोे,“केही मिटरको दूरीमा रहनुभएका सहकर्मीको एकसेकेण्डमै मृत्यु भयो तत्काल खटियौँ, घाइतेलाई पाँच मिनेटमै काठमाडौँ पठायौं, अनि मृतकलाई केही समयपछि ।” दुर्घटनामा समिट एयरका सहचालक काठमाडौँको चावहिलका ३४ वर्षीया सुजित ढुङगाना, दोलखा घर भई लुक्लास्थित पर्यटन प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ३९ वर्षीय रामबहादुर खड्काको घटनास्थलमै मृत्युभयो ।

भोजपुर जिल्ला घर भएका प्रहरी नायब निरीक्षक ४२ वर्षीय रुद्र श्रेष्ठको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लिम्बूले बताउनुभयो । प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का पर्यटक प्रहरी कार्यालय लुक्लाका प्रमुख हुनुहुन्थ्यो भने रुद्र श्रेष्ठले विमानस्थल सुरक्षा गार्ड प्रमुख हुनुहुन्थ्यो । उहाँहरु बिहानैदेखि विमानस्थलको सुरक्षाको लागि अन्य सहकर्मीसहित खटिनुभएको प्रहरी निरीक्षक लिम्बूले बताउनुभयो । 

आफू नाम्चे इलाका प्रहरी कार्यालयका प्रमुख भएपनि  वसन्त ऋतुको यो याममा पर्यटकको चाप अत्याधिक हुनेभएपछि लुक्ला विमानस्थलमै खटिने गरेको उहाँको भनाइ थियो । 

विमानस्थलमा खटिएका प्रहरीले बिहानैदेखि खानासमेत नखाइकन दिउँसो उडान तथा अवतरण बन्द नभएसम्म बस्नुपर्ने हुन्छ त्यसैले आइतबार बिहान पनि सबैजना भोकै रहेको लिम्बूले सुनाउनुभयो । चियासमेत नखाइकन सुरक्षामा बसेको साथीको ज्यान गयो । उहाँले भन्नुभयो, “भाग्यले बाँचियो, मेरै आखाँ अगाडि केही मिटरको फरकमा दुई सहकर्मी गुमाउनुपर्दा ज्यादै  दःुख लागेको छ ।” लिम्बू भन्नुभयो, “तत्काल उद्धारमा लागिएकाले त्यसबेला केही महसुस भएन तर अहले नयाँ जिन्दगी पाएछु जस्तो लागिरहेको छ ।”

“मैले नयाँजीवन पाएँ ।” उहाँले बताउनुभयो, “घाइतेले पनि नयाँ जीवन पाए भन्दा फरक पर्दैन ।” घाइते हुनेमा काठमाडाँै कालिमाटीटोल घर भएका समिट एयरका चालक रविनाथ रोकाय, ललितपुर उपमहानगरपालिका भैैसेपाटी निवासी मनाङ एयरका चालक ४८ वर्षीय चेतबहादुर गुरुङ, मनाङ एयर लुक्लाका स्टेशन म्यानेजर खुम्बुपासाङ ल्हामु गाउँपालिका २ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरकै कर्मचारी खुम्बुपासाङ ल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ । 

 जोखिमपूर्ण विमानस्थलमध्ये एक मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाइ सामान्य विमानस्थलको भन्दा निकै कम (५२७ मिटर) मात्र रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो