विदेशबाट फक्रिएर तरकारी खेतीमा, युवा भन्छन्–मलाई जापान पनि यहि कोरियानी यहि

Posted on: 14 Apr, 2016

2014-10-19-5443d3c00fd0aपर्वत, विदेशमा राम्रो कमाई हुने र छिटो आफ्नो सपना साकार बनाउने उदेश्यका साथ विदेशीने युवायुवतीको पछिल्लो समयमा लाम लागेको छ । विदेशमा गएपछि आफुलाई भनेजस्तो र सोचेजस्तो कमाई हुने र आफ्नो जिवन सहज हुने मनासय लिएर विदेशी मुलुकमा होमिने कति सफल भएर आउँछन् त कति असफल भएर भएको पनि गुमाउन पुग्छन् ।

बिहु–४ बागलुङका तुलसीराम कडेलले सात वर्षअघि वैदेशिक रोजगारीमा गएर छोटो समयमा धेरै रकम कमाउने योजना बनाए। राहदानी बनाएर विभिन्न दलाल र मेनपावरसम्म उनी दुई वर्षसम्म धाइरहे। घरबाट काठमाडौं जानेआउने गर्दैमा उनले लाखौं रुपैयाँ सकाए। तर, वैदेशिक रोजगारीमा जान असफल रहे। विदेश जाने र राम्रो कमाई गरेर सपना साकार बनाउने उनको सोच पुरा हुन सकेन । विदेश जाने सपना पुरा नभएपछि उनी राजदानीबाट फर्किए राहदानी थन्काएर कृषि फार्ममा हात हाले । अहिले राम्रो आम्दानीको स्रोतका रुपमा कृषि फार्म बनेको कडेलको बनाई छ ।

पर्वतको नाग्लीवाङ–९ का राजन सापकोटा र बागलुङ नगरपालिका–१० कुडुलेका टिकाराम सापकोटासँग मिलेर कृषि फार्म सञ्चालन गरेका कडेलले साउदी अरेबिया, कतारलगायत खाडी मुलुकमा गएर कमाउने पैसा आफ्नै घरगाउँमा कृषिबाटै कमाउन थालेको बताउाछन् । ’साउदी अरेबिया, कतार गएकाले कमाउने भनेको बढीमा ३०/४० हजार नै हो, त्यो हामीले यही कमाउने गरेका छांै,’ कडेलले भने।

पर्वतको नाग्लीवाङ–९ फोर्सेमा १६ रोपनी जग्गा बार्षिक १ लाख ५० हजार तिर्ने गरी भाडामा लिएर तीन वर्षअघि त्ीन जनाले ५÷५ लाख संकलन गरी १५ लाखमा  कृषि फार्म सुरु गरेका उनीहरूले आफ्नो परिवारका साथै अन्य तीनजनालाई रोजगारी समेत दिएका छन्।

कृषि फार्ममा टमाटर, काउली, बन्दा, गाजर, सिमी, मुला, भान्टा, लौका, जुकेनी, करेला, काँक्रोलगायत तरकारी उत्पादन गर्दै आएका छन् । भने उत्पादन भएको तरकारी बागलुङ बजार, पर्वतको मिलनचोक, वारिबेनी, कुश्माबजार, मालढुंगा र म्याग्दी सदरमुकाम बेनीबजारमा खपत हुने गरेको छ । ’विषादी नराखी जैविक मलमात्रै प्रयोग गरेको तरकारी किन्न तँछाडमँछाड हुन्छ।’ ’उत्पादन भएको तरकारीले बजारको माग थेग्न सकेको छैन् ।

टिकाराम सापकोटाले भने । सुरुमा विषादी प्रयोग गरी तरकारी उत्पादन गरे पनि त्यसलाई कम गर्दै हटाउन थालेको उनले बताए। तरकारी खेतीमा भएको कमाइले तीनै जना अहिले खुसी छन्। ’बाच्नका लागि मुख्य आधार नै कृषिलाई सम्झेर यसैमा लागेका छौं,’ ’कृषिलाई छाडेर अन्य पेसा अगाल्ने कल्पना पनि गरेका छैनौं। राजन सापकोटाले भने । ’घरपरिवारको खर्च चलाउन र केही रकम बचत गर्न सकेका छौं,’ राजनले भने, ’कतार, मलेसिया, साउदी अरेबिया जानेको कमाइ पनि यस्तै हो।’

index (3)

उनले भने । जिल्ला कृषि विकास कार्यालयले  खेत जोत्नको लागि हाते ट्याक्टर सहित ५० हजार रुपैयाँ अनुदानमा सहयोग गरेको छ भने प्राविधिक सहयोग पनि दिइरहेको बताएको छ ।  ’वैदेशिक रोजगारीमा युवा विदेश पलायन भइरहेको समयमा आफ्नै मुलुकमा त्यसमा पनि कृषि पेसा अगाल्नु राम्रो उदाहरण हो,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने ।यता म्याग्दीमा पनि कृषि क्षेत्रमा युवापुस्ताहरु लागि पर्न थालेका छन् । तरकारी खेती गरेर लाखौ रकम घरमा नै बसीबसी कमाउने सक्ने भएपछि म्याग्दीका युवाहरुपनि राहदानी थन्काएर कृषि पेशमा लागेका छन् ।

मौसमी तथा बेमौसमी तरकारी खेतीबाट लाखौ रकम आम्दानी हुने भएपछि यस तर्फ कृषकहरुको आक्रर्ष बढ्दो मात्रमा छ । बेनी नगरपालिका–१ लामागराका दल गिरीले आफ्नो ५ रोपनी जग्गामा बेमौसमी तरकारी खेती लगाएका छन् । साउदीमा ४ वर्ष र मलेसियामा ३ वर्ष बसेपछि फर्किएर ६० हजारको लगानीमा तरकारी खेती शुरु गरेका गिरीले अहिले वार्षिक झण्डै पाँचलाख रुपैयाँ आम्दानी गर्ने गरेको अनुभव सुनाउँछन् । धेरै धन कमाउने लोभमा विदेश पुगेपनि सोचेजस्तो कमाई नभएपछि उनले स्वदेश फर्किएर गाउँमै आफ्नो जग्गाजमिनमा तरकारी खेती गरेको बताउँछन् ।

विगत ७ वर्षदेखि तरकारी खेती लगाउन शुरु गरेपनि पहिले थोरै जग्गामा लगाएको र पछि आएर व्यावसायिक रुपमै तरकारी खेती गरेको उनले बताए । उनले ब्रोकाउली, घिरौंला, करेला, प्याज, लौका, काँक्रो र आलुको व्यावसायिक खेती गरेका छन् । उत्पादीत तरकार करेसाबारीबाटै बिक्री भैरहेको छ । ब्रोकाउलीलाई प्रतिकेजी ६०, घिरौंला, लौका, काँक्रो र करेला ८० तथा आलुलाई ३० रुपैयाँका दरले होलसेलमा बिक्रीवितरण गरेको उनको भनाई छ ।

Woman on tractor

यसैगरी विदेश जाने सोच परिवर्तन गरी बेनपा–१ आनन्दबगरका रामबहादुर थापामगरले पनि व्यावसायिक तरकारी खेती शुरु गरेका छन् । वार्षिक ४० हजार रुपैयाँ तिर्नेगरी जग्गा भाडामा लिएर गरेको तरकारी खेतीबाट वर्षको झण्डै तीनलाख भन्दाबढी आम्दानी हुने गरेको उनको अनुभव छ ।  उनले बन्दा, काउली, गोभी, प्याज, गोलभेँडा, आलुलगायतका बेमौसमी तरकारीको खेती गर्दै आइरहेका छन् ।

त्यस्तै माल्दिभ्स, साउदी र दुबईमा ७ वर्षसम्म बस्दा पनि सोचेजस्तो कमाई नभएपछि गाउँ फर्किएर व्यावसायिक तरकारी खेती शुरु गरेको ज्यामरुककोटका चन्द्रबहादुर घिमिरे बार्षिक ४ लाख भन्ढा बढी कमाउँदै आइरहेका छन् । १ रोपनी जग्गामा झण्डै २ लाखको लगानीमा मौसमी तथा बैमौसमी तरकारी गरेका उनले बन्दा, बोडी, काँक्रो, सिमीलगायतका तरकारीहरु उत्पादन गर्दै आइरहेका छन् । करेसाबारीबाटै तरकारी बिक्री गर्दै आएको बताउँदै घिमिरेले बन्दा किलोको ३५, बोडी, काँक्रो र सिमीलाई ६० रुपैयाँसम्म बिक्री गरेको अनुभव सनाउँछन् ।

यसरी गरेको तरकारी खेतीबाट भएको आम्दानीले घरपरिवार चलाउन, छोराछोरी पढाउन र बचेको केही रकम सहकारीमा समेत बचत गर्ने गरेको यी युवा कृषकहरुको  भनाई छ । लामागरा, आनन्दबगर र ज्यामरुककोटमा उत्पादित तरकारीले पर्वतको मिलनचोकबजार, म्याग्दीको सदरमुकाम बेनीबजारका साथै बागलुङसम्म पुग्ने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!