४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव

५ बैशाख २०७६, बिहीबार ०९:५१

वैशाख ५, खलङ्गा (रासस) | भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठी आयोजना गरिएको पशु प्राविधिक नरसिंह थापाले बताउनुभयो ।

जिल्लामा विभिन्न सडकखण्ड हँुदै भित्रिने कुखुरा, अण्डा र चल्लालाई नियन्त्रणका लागि सतर्कता अपनाइएको उहाँको भनाइ थियो । स्थानीय भेटेरिनरी अस्पतालका प्रमुख गोविन्दबहादुर महतले कुखुराको मासु ७० डिग्री सेन्टीग्रेड तापक्रम पुग्ने गरी पकाएमा जनस्वास्थ्यका लागि सुरक्षित हुने तर नपकाई प्रयोग गरिने सलाद, हरियो तरकारीसँग कुखुराको मासु लसपस हुन सक्ने भएकाले यसबाट सजग हुन आग्रह गर्नुभयो । 


प्रजिअ दुर्गा बञ्जाडेले सो कार्यक्रममा गाउँगाउँमा  पुर्याउन आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सीताराम रिजालले नाका नाकामा पनि कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यशालामा जुम्ला जिल्लालाई उक्त रोगको प्रकोपबाट बचाउन सरोकार पक्ष सबैले उच्च सतर्कता अपनाउनुपर्ने तथा स्थलगत तथा हवाई मार्गबाट  जिल्लामा भित्रिने पन्छी तथा पन्छीजन्य पदार्थको निगरानीका लागि स्थानीय तहमा कार्यरत प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लासँग समन्वय हुने गरी इलाका प्रहरी चौकी रारालिही र विमानस्थलमा सुरक्षा निकायलाई परिचालन गरिनुपर्नेमा जोड दिइएको थियो ।  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ