२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुकुम्बासी दलित परिवारलाई ४१ सय वर्गमिटर जग्गा निःशुल्क पास

१३ बैशाख २०७६, शुक्रबार १३:३३

वैशाख १३, कालिकोट । महावै गाउँपालिका–२ ओदाका तीन समाजसेवीले भूमिहीन २१ दलित परिवारलाई ४१ सय वर्गमिटर जग्गा निःशुल्क पास गरिदिएका छन् । मनबहादुर सिंह, हर्कबहादुर सिंह र कर्णबहादुर सिंहले पुस्तौँदेखि अर्काको जग्गामा बस्दै आएका दमाईं थरका स्थानीय २१ दलित परिवारलाई जग्गा पास गरिदिएका हुन् ।

कर्णबहादुर कालिकोटका सामाजिक अभियन्ता हुन् । दलित बस्तीमा चर्पी बनाउन आग्रह गर्दा उनीहरूले जग्गा नभएको बताएपछि कर्णबहादुरले जग्गा दिलाउन पहल गरेका थिए । कर्णबहादुरको पहलमा आफूहरूले जग्गा पाएको भद्रे दमाईंले बताए । ‘हामीसँग चर्पी बनाउनसमेत जग्गा थिएन,’ उनले भने, ‘कर्णबहादुर सिंह त हाम्रा लागि भगवान् हुन् ।’ मनबहादुर र हर्कबहादुर उनका काका हुन् ।

जग्गा पास गर्दा लागेको मालपोत रसिद, जग्गाको कर र नामसारीको रकम पनि उनीहरूले नै तिरिदिएका छन् । जग्गा पास गर्ने क्रममा जिल्ला मालपोतमा लागेको रकम पनि दलित परिवारलाई तिर्न नलगाएको मनबहादुर सिंहले बताए ।  हर्कबहादुरले २० परिवारको नाममा जग्गा गइसकेको बताए । प्रतिपरिवार करिब दुई सय वर्गमिटरका दरले जग्गा पाएका छन् । उनीहरूले जिल्ला मोलपोत कार्यालयमा जग्गा पासपछि लालपुर्जा देखाएर सामूहिक तस्बिर पनि खिचाए ।

दलित परिवारलाई कित्ताकाट गरेरै जग्गा पास गरिदिएका छन् । जग्गा पाउनेमा मनजिते दमाईं, श्रीभक्त दमाईं, दुर्ग दमाईं, राधिका परियार, दिले परियार, नयाँ परियार, लल्ता दमाईं र नैनकला परियार छन् । यस्तै, लालदरी परियार, अबि परियार, दुत्कला दमाईं, भद्रे दमाईं, मानसिंह दमाईं, दीपक परियार, रन्ना परियार, मिमबहादुर परियार, मनरूपा दमाईं, राकेश दमाईं, हस्त परियार र सपुरे दमाईंले जग्गा पाएका छन् ।

कालिकोटको महावै गाउँपालिका–२ ओदामा जन्मिएका कर्णबहादुरका बुबा रेवत सिंहले निमोनियाको औषधि नपाएर ज्यान गुमाए । बुबाको निधन हुँदा कर्णबहादुर आठ वर्षका थिए । त्यसको चार वर्षपछि कर्ण मजदुरी गर्न भारत गए । जवान बुबा गुमाएका कर्णबहादुरलाई सुरुदेखि नै स्वास्थ्य क्षेत्रमा समाजसेवा गर्ने सोच जाग्यो । कालिकोटका विपन्न, दलित र अपांगता भएकालाई निःशुल्क अ‍ैषधि उपचार सेवा दिने अभियानमा लागेँ ।

अमेरिकाको ग्रिनकार्ड प्राप्त कर्णबहादुरले दुर्गममा स्वास्थ्य र शिक्षाको पहुँच पुर्याउने उद्देश्यले ०७० मा ‘ओदा फाउन्डेसन’ स्थापना गरेर सामाजिक अभियान चलाइरहेका छन् । यो संस्थामार्फत अहिले जिल्लाका हजार व्यक्तिको निःशुल्क औषधोपचार भएको छ भने एक सय ६१ जनालाई औषधि र निःशुल्क कृत्रिम अंग वितरण भएको छ । संस्था हाल जिल्लाका एक हजार मानिसको निःशुल्क औषधि उपचार गरेको भने अपांगता भएका एक सय ६१ जनाको औषधि निःशुल्क कृत्रिम अंग दिएको छ ।

‘कालिकोट खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको छ । तर, चर्पी बनाउने जग्गासमेत नभएका दलित परिवार देखेपछि केही गर्ने सोचेँ’ उनले भने । काका मनबहादुरसँग सल्लाह गरेँ । हाम्रो सगोलको जग्गा काका मनबहादुरकै नाममा थियो । उहाँ पनि दलित परिवारलाई जग्गा दिन मञ्जुर भए पछि उक्त जग्गा दलित परिवारका नाममा पास गरिदिएको उनले बताए । प्रतिपरिवार झन्डै दुई सय वर्गमिटरका दरले जग्गा दिने व्यवस्था मिलाइदिएको उनले बताए । ‘जग्गाको लालपुर्जासमेत दिएका छौँ । अब जनता आवास कार्यक्रमबाट दलित परिवारलाई घर बनाउने पहल गर्छु’ उनले भने, ‘चर्पी र खानेपानीको व्यवस्था गर्ने तयारी पनि थालेको छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान