२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णालीका पहाडि जिल्लामा रुपैडियाको तरकारी

२०७६, २५ बैशाख बुधबार ०७:२७

बैशाख २५,  कालिकोट । जिल्लामा स्थानीय उत्पादन नहुँदा भारतको रुपैडिया बजारबाट आउने विषादी मिलाएको तरकारीमा निर्भर हुनु पर्ने बाध्यता रहेको छ । कर्णाली प्रदेश सरकारको मन्त्री परिषद्को पहिलो बैठकले अर्गानिक र आत्मनिर्भर कर्णाली घोषण गरे पनि कर्णाली प्रदेशका कालिकोट जुम्ला लगाएतका सबै जिल्लाहरु रुपैडियाबाट आउने विषादियुक्त तरकार र फलफूलमा निर्भर रहने गरेका छन् ।

प्राङ्गारिक कृषि मानव स्वास्थ्य, दिर्घ जीवन र समग्र जैविक प्राणालीको अत्यन्तै आवश्यक भएता पनि कर्णाली क्षेत्रमा टनका टन तरकारी फलफूल विषदीले भरिएर आउने गरेका छन् । भारतको रुपैडियादेखि गाडिमा लोड गरिएको तरकारि र फलफुल कतै नरोकि आउनु पर्यो भने दुई दिन मात्र लाग्छ । नत्र भने ठाँउ ठाँउका सब्जी मण्डिहरुमा झार्दै आउँदा कालिकोटमा चार पाँच दिनमा पुग्ने गरेको छ ।

बाटोमै सुकेर, सडेर आएको तरकारि र फलफुलको गाडि बसपार्कमा नपुग्दै व्यापारीहरु गाडि कुरिरहेका हुन्छन गाडि नरोक्दै व्यापारीहरु सामान लिन लुछालुछ गर्छन । अहिले कालिकोटका विकट गाँउ गाँउमा भारतकै केरा, टमाटर, खुर्सानी, आलु, स्याउ, सुन्तला, अंगुर लगायतका वस्तुहरु पुग्ने गरेका छन् । स्थानीय सरकार गठन भएदेखि नै स्थानीय तहका प्रमुखहरुले एउटै रटान लगाइरहेका छन ।

बर्सेनी कर्णालीको जमिन बाँझिदै जाने र तरकारी र खाद्यान्नका लागि भारतको भर पर्दै जानुपर्ने अवस्था अन्त्यका लागि स्थानीय सरकार भाषण बाहेक कार्यान्वयनमा गएको देखिँदैन । अर्गानिक उपजको प्रवद्र्धन गर्न केही समयअघि प्रदेश सरकारले पनि निर्यण गरेको थियो । तर, त्यसलाई केहि मात्रामा कार्यन्वयन गरे जस्तो गरि केही सीमित व्यक्तिलाई रिझाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १४ लाख खर्च भयो ।

न्यून उत्पादनले भारतीय कृषिजन्य वस्तु एकदिन नआउँदा हाहाकार हुने स्थिति रहेको आर्चाय सब्जी मण्डीका सञ्चालक ठम्म आर्चाय बताए । ‘अहिले कालिकोट जिल्लाभरी मान्मको बदेरिगाँउबाट केही मात्रामा बन्दागोभी मात्रै आउँछ अन्य तरकारी छैन’, आर्चाय भन्छन, ‘ग्राहकको चाहनाअनुसार तरकारी जिल्लामा छैन । सबै भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ । सरकारले कृषि क्षेत्रमा जति रकम खर्चे पनि पर्याप्त सिँचाइ सुविधा नदिँदासम्म परनिर्भरता बढ्दै जाने उनले बताए ।

सिजनअनुसार कुन तरकारी कसरी उत्पादन गर्दा बढी प्रतिफल पाउन सकिन्छ भन्ने हेक्का सरकारलाई नभएको आर्चायले बताए । पर्याप्त स्रोतसाधन हुँदा पनि सरकारले मिसन र भिजन नबनाउँदा कृषि क्षेत्रको विकास हुन नसकेको उनको बुझाई छ । मौसमी र बेमौसमी तरकारी उत्पादनमा कृषकलाई अनुदान दिएर कार्यक्रम सञ्चालन गरिरहेको स्थानीय तहले बताएका छन् ।

तरकारी तथा फलफूल उत्पादनका लागि अपर्याप्त सिँचाइ सुविधा, उत्पादित तरकारीको सहज ढुवानी तथा शीत भण्डार नहुनुले बर्सेनी भारतीय तरकारी तथा फलफूलको आयात बढेको कृषकहरु बताउँछन् । एकैपटक भारतीय तरकारी विस्थापन गर्न नसकिने भएकाले यहाँका कृषकलाई विस्तारै आत्मनिर्भर बनाउने योजना सञ्चालन गरिरहेको खाँडाचक्र नगरपालिका प्रमुख जसि प्रसाद पाण्डेले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ