जापानिज इन्सेफलाइटिस खोप अभियान बैशाख २६ देखि जेठ १५ सम्म चल्ने

Posted on: 07 May, 2016

पर्वत, जापानिज इन्सेफलाइटिस खोप अभियान बैशाख २६ देखि जेठ १५ सम्म पर्वतमा चल्लने भएको छ । धौलागिरीका पर्वत,  बाग्लुङ, म्याग्दी मुस्ताङ सहित देशभरका गरी ४५ जिल्लामा यो अभियान संचालन हुदैछ । १ बर्ष देखि १५ बर्षमुनिका जिल्लामा रहेका ५० हजार ८ सय बालबालिकालाई उक्त खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी कार्यालयले खोप अभियानको बारेमा जानकारी दिएको हो ।

जिल्लामा दुइ चरणमा खोप अभियान संचालन हुने जिल्ला स्वास्थय कार्यालयका खोप सुपरभाइजर देबेन्द्र गुरुङले जानकारी दिए । पहिलो चरण अन्तरगत बैशाख २६ देखि जेठ ३ गतेसम्म ३१ गाविसमा संचालन हुनेछ । जसमा मल्लाज, लेकफाँट, दुर्लुङ, देउपुर, पकुवा, पिपलटारी, भंगरा, बाँसखर्क, पाङ, बाजुङ, देउराली, ठूलीपोखरीm शंकरपोखरी, मुडीकुवा, बनौ, क्याङ, चित्रे, धाइरिङ, खुर्कोट, तिलाहार, आर्थर, कार्कीनेटा, थापाठाना, कटुवाचौपारी, शालिजा, नाङलीवाङ, चुवा, राम्जा, खौलालाकुरी, भुकताङ्ले, शिवालयमा उक्त अभियान संचालन हुनेछ ।Vakcinacija

त्यसैगरी जेठ ७ देखि १५ सम्म लिमीठाना, लुंखु, भोर्ले, उरामपोखरा, पाङराङ। भोक्सिङ, सरौखोला, बहाँकीठाँटी, कुर्घा, बालाकोट, हुवास, शालिग्राम, देविस्थानमा हुनेछ । त्यसैगरी पाखापानी,, त्रिवेणी, रानीपानी, खानीगाउँ, फलामाखानी, टकलाक, बर्राचौर, ठानामौला, होश्राङ्दी, बेउलीबास र बाच्छामा संचालन हुनेछ । यो अभियानमा खोप दिने ३ सय, महिला स्वयमसेविका ५ सय र खोप सुपरभाइजर ६० जना गरी ८ सय भन्दा बढी कर्मचारी परिचालन हुनेछन् ।

जापानीज इन्सेफलाइटिस रोग लामख्ुट्टेमा भएको एक प्रकारको भाइरसको माध्यमबाट लाग्ने संक्रमण रोग हो । १५ बर्षमुनिका बालबालिकालाई लाग्ने यो रोगबाट बच्नको लागि जे.इ नामक खोप लगाउनुपर्दछ । पत्रकारसँग भएको उक्त अन्तरक्रिया कार्यक्रममा उक्त अस्पतालका मेडिकल अधिकृत सरोजचन्द्र दाहलले रोगको बारेमा जानकारी दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!