२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

२०७६, ३० बैशाख सोमबार १३:३५

 वैशाख ३० काठमाडौँ । आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच आज जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ । 

काठमाडौँ महानगरपालिका र लान्जोउ नगरबीच भगेनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने समझदारी भएको छ । यहाँ आज आयोजित कार्यक्रममा प्रादेशिक तहको समझदारीमा मुख्यमन्त्री डोरमणि पौडेल र गभर्नर टाङ रेन्जियान तथा महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुखमा काइयुनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । 

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले दुवै मुलुकका जनताको आर्थिक विकास र समृद्धिका लागि लगानीका नयाँ सम्भावना र क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले उक्त समझदारीले आफ्नो प्रदेशमा जैविक विविधताका साथै प्राकृतिक स्रोत, खनिज पदार्थ रहेको र लगानीका पर्याप्त सम्भावना रहेकाले त्यसलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । 

उहाँका समकक्षी गभर्नर रेन्जियानले आफ्नो प्रान्तका प्राकृतिक स्रोतका साथै विकासका विभिन्न आयामका बारे बताउनुभयो । महानगर प्रमुख शाक्यले दुवै पक्षबीच विभिन्न छलफलपछि गरिएको समझदारीले कृषि, ऊर्जा, पर्यटनलाई विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उपप्रमुख काइयुनले दुवै मुलुकबीचको पुरानो सम्बन्धलाई जनस्तरबाट प्रवद्र्धन गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो