२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको खलङ्गा राष्ट्रिय प्रसारण प्रणालीमा, भोल्टेजको समस्या हट्ने

१ जेष्ठ २०७६, बुधबार ०८:५२

रमेश लम्साल,जेठ १, काठमाडौं । गरे के हुँदैन । राजनीतिक नेतृत्वको इच्छाशक्ति र काम गर्ने निकायका कर्मचारीको इमान्दार प्रयास भए जस्ता सुकै अप्ठ्यारा काम पनि सम्पन्न गर्न सकिन्छ । लामो समयदेखि नेपालकै विद्युत् उपयोग गर्न पाउनु पर्ने माग राख्दै आएका दार्चुलावासीका लागि खुशीको खबर छ । 

नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको सदरमुकाम खलङ्गामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन आजदेखि जोडेको छ । जसका कारण गुणस्तरीय विद्युत् प्रयोग गर्ने दार्चुलावासीको चाहनासमेत पूरा हुने भएको हो । भारतबाट आयात गरिएको विद्युत्मा पटक पटक भोल्टेजको समस्या भोगेका दार्चुलावासीलाई प्राधिकरणले निर्माण गरेको बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी आजदेखि सञ्चालनमा ल्याएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राष्ट्रिय प्रसारण प्रणाली नपुगको जिल्ला तथा क्षेत्रमा प्रसारण प्रणाली पु¥याउने कामलाई विशेष प्राथमिकतामा राखेर काम अगाडि बढाउनुभएको छ । सो प्रसारण लाइनको आज चार्ज गरिएको प्राधिकरणले जानकारी दिएको छ । आजदेखि दार्चुलाको खलङ्गा नेपालकै विद्युत् प्रणालीमा आबद्ध भएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुला सदरमुकाममा राष्ट्रिय प्रसारण प्रणाली पु¥याई आफ्नो उत्पादनबाटै विद्युत् आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताउनुभयो ।  “अहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत् आयात गरी आपूर्ति गरिरहेका थियौँ”, अब हाम्रै राष्ट्रिय प्रसारण प्रणाली पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्युत् ल्याउनु पर्दैन कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति गर्छौं जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउने छन् ।” 

सो प्रसारण लाइनको निर्माणपछि आवश्यक परेका बेला खलङ्गाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ । प्राधिकरणले खलङ्गामा विद्युत् आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी बिन्दुबाट ११ केभी क्षमताको प्रसारण लाइनमार्फत् विद्युत् आयात गरिरहेको थियो । प्राधिकरणले विद्युत् आयात गरेबापत उत्तराखण्ड पावर कर्पोरेशन लिमिटेडलाई मासिकरुपमा करीब रु २५ लाख भुक्तानी गर्दै आएको थियो । प्राधिकरणका अनुसार खलङ्गा र आसपासका क्षेत्रमा आठ हजार ग्राहक छन् । 

बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्चुलाको थालीगाडमा निर्माणाधीन ३३÷११ केभी सबस्टेसनको काम आगामी असारभित्र सकिने प्राधिकरणका अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख सतिश कर्णले जानकारी दिनुभयो । “हाल बलाँच–खलङ्गा लाइन ३३ केभीकै बनेता पनि सवस्टेशनको काम केही बाँकी रहेकाले ११ केभीमा मात्रै चार्ज गरिएको छ”, उहाँले भन्नुभयो, “आगामी असारभित्रमा सवस्टेशनको निर्माण सकिन्छ, त्यसपछि लाइन पनि ३३ केभीमै चार्च गरी खलङ्गा क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ ।” 

नेपाल सरकार र प्राधिकरणको लगानीमा उक्त प्रसारण लाइन निर्माण भएको हो । बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइन निर्माण गर्न रु ८७ लाख ५० हजार मा २०७२ को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाइ २५ किलोमिटर छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोध, जटिल भूवनोट, विकट क्षेत्रलगायतले गर्दा निर्माणमा केही ढिलाइ भएको कर्णले बताउनुभयो । सवस्टेशन निर्माणका लागि रु छ करोड ८९ लाखमा २०७३ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । 

प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत् केन्द्रबाट र बलाँच सवस्टेशनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत् खलङ्गातर्फ पठाउने छ । चमेलिया जलविद्युत् आयोजनाले निर्माण गरेको बलाँच सवस्टेशनमा मेगावाटको अपी पावरले निर्माण गरेको आठ मेगावाट क्षमताको नौगडगाड र आठ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो  नौगडगाड, माथिल्लो चमेलिया ४० मेगावाट, मध्य चमेलिया १६ मेगावाट, छ दशमलव पाँच मेगावाटको खलङ्गा गाडलगायतका  आयोजना जोडिने छन् । त्यहाँ जोडिएको विद्युत् चमेलियाले नै बनाएको १३१ किलोमिटर लामो बलाँच–अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान