२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किसानले बिनाझञ्झट ऋण पाउनुपर्छ : मन्त्री ढुङ्गेल

२०७६, २ जेष्ठ बिहीबार १०:४७

जेठ २, हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । 

प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उहाँले भन्नुभयो, “वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।” 

मन्त्री ढुङ्गेलले हरेक क्षेत्रमा अवसर पाउन सुकिलो–मुकिलो र पहुँचवाला हुनुपर्ने प्रथाको पूर्णरुपमा अन्त्य गर्नुपर्ने बताउँदै सर्वसाधारण नागरिकले सहज रुपमा सार्वजनिक सेवा पाउने वातावरण सिर्जना गर्नुपर्दछ भन्नुभयो । 

प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले किसानका लागि भनेर स्थापना भएको कृषि विकास बैंकले कृषि क्षेत्र तथा किसानका लागि काम गर्नुपर्ने बताउनुभयो । 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले प्रदेश ३ को आवश्यकता र प्राथमिकतालाई हेरेर बैंकले प्रदेशसँग सहकार्य गर्ने बताउनुभयो । “हामीलाई प्रदेश सरकारले सदुपयोग गरोस्् भन्ने हाम्रो चाहना छ,” उहाँले भन्नुभयो ।  

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले कृषिमा वित्तीय स्रोतको व्यवस्थापन गरेर उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने