२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

मन्त्रीको निर्देशनपछि श्रमिक काममा फर्किने

३ जेष्ठ २०७६, शुक्रबार ०७:५९

जेठ ३, इलाम । तोकिएबमोजिमको ज्याला तत्काल लागू गर्न श्रममन्त्री गोकर्ण विष्टले निर्देशन दिएपछि चिया श्रमिक काममा फर्किने भएका छन् । आज इलामस्थित कन्याम चिया बगानमा चिया श्रमिकसँग कुरा गर्दै उहाँले कानूनले  तोकबमोजिमको ज्याला उपलब्ध गराउने बताउनुभएकाले श्रमिकहरू काममा फर्किने भएका हुन् । 

चिया श्रमिकको समस्या बुझ्न  यहाँ आइपुग्नुभएका मन्त्री विष्टले कानूनभन्दा माथि कोही नभएकाले जसरी पनि श्रमिकले नयाँ श्रम ऐनअनुसार ज्याला पाउनुपर्ने र ज्याला दिलाउन आफूसमेत प्रतिबद्ध रहेको बताउनुभएको थियो । त्यसलगत्तै चिया श्रमिक काममा निस्किने भएका हुन् ।  मन्त्री विष्टले चिया उद्योगीलाई तोकिएको ज्याला दिन नसक्नाको कारण २४ घण्टा भित्र उपलब्ध गराउन एक साताअघि निर्देशन दिनुभएको थियो । त्यसपछि इलाम तथा झापाका  सरकारी तथा निजी बगानमा श्रमिक र उद्योगीबीच सहमति भएर श्रमिक काममा निस्किए पनि यहाँस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिक भने आन्दोलनमै  थिए । 

साङ्घाई ग्रुपले भाडामा लिएका ती बगानमा श्रमिकले तोकिएको समयसम्म काम नगर्नाले ज्याला दिन नसकिने उद्योगीहरूले  बताएकाले उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका थिए तर मन्त्री विष्टको भ्रमणपछि भने यहाँका सबै चिया बगान खुल्ने भएका हुन् । चिया श्रमिक तथा अखिल नेपाल चिया मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीका अनुसार सबै श्रमिक भोलिदेखि काममा निस्किने भएका छन् । उहाँले भन्नुभयो, “मन्त्री विष्टले तोकिएबमोजिमको ज्याला अवश्य पाउनुहुन्छ तपार्इंहरूको आन्तरिक समस्या पछि मिलाउनु होला भन्नुभएकाले  काममा फर्किने भएका हौँ ।” सरकारले गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला रु ३८५ तोके पनि श्रमिकले रु २६५ देखि रू ३०८ सम्म मात्र पाउँदै आएका थिए । उद्योगमा काम गर्ने श्रमिकलाई चाहिँ दैनिक रु ४२ थपेर रु ४२७ ज्याला तोकिएको छ ।

राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला रु छ हजार ४६९ र महङ्गी भत्ता चार हजार ३८१ तोकिएको छ तर यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउन माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला