२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

मन्त्रीको निर्देशनपछि श्रमिक काममा फर्किने

२०७६, ३ जेष्ठ शुक्रबार ०७:५९

जेठ ३, इलाम । तोकिएबमोजिमको ज्याला तत्काल लागू गर्न श्रममन्त्री गोकर्ण विष्टले निर्देशन दिएपछि चिया श्रमिक काममा फर्किने भएका छन् । आज इलामस्थित कन्याम चिया बगानमा चिया श्रमिकसँग कुरा गर्दै उहाँले कानूनले  तोकबमोजिमको ज्याला उपलब्ध गराउने बताउनुभएकाले श्रमिकहरू काममा फर्किने भएका हुन् । 

चिया श्रमिकको समस्या बुझ्न  यहाँ आइपुग्नुभएका मन्त्री विष्टले कानूनभन्दा माथि कोही नभएकाले जसरी पनि श्रमिकले नयाँ श्रम ऐनअनुसार ज्याला पाउनुपर्ने र ज्याला दिलाउन आफूसमेत प्रतिबद्ध रहेको बताउनुभएको थियो । त्यसलगत्तै चिया श्रमिक काममा निस्किने भएका हुन् ।  मन्त्री विष्टले चिया उद्योगीलाई तोकिएको ज्याला दिन नसक्नाको कारण २४ घण्टा भित्र उपलब्ध गराउन एक साताअघि निर्देशन दिनुभएको थियो । त्यसपछि इलाम तथा झापाका  सरकारी तथा निजी बगानमा श्रमिक र उद्योगीबीच सहमति भएर श्रमिक काममा निस्किए पनि यहाँस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिक भने आन्दोलनमै  थिए । 

साङ्घाई ग्रुपले भाडामा लिएका ती बगानमा श्रमिकले तोकिएको समयसम्म काम नगर्नाले ज्याला दिन नसकिने उद्योगीहरूले  बताएकाले उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका थिए तर मन्त्री विष्टको भ्रमणपछि भने यहाँका सबै चिया बगान खुल्ने भएका हुन् । चिया श्रमिक तथा अखिल नेपाल चिया मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीका अनुसार सबै श्रमिक भोलिदेखि काममा निस्किने भएका छन् । उहाँले भन्नुभयो, “मन्त्री विष्टले तोकिएबमोजिमको ज्याला अवश्य पाउनुहुन्छ तपार्इंहरूको आन्तरिक समस्या पछि मिलाउनु होला भन्नुभएकाले  काममा फर्किने भएका हौँ ।” सरकारले गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला रु ३८५ तोके पनि श्रमिकले रु २६५ देखि रू ३०८ सम्म मात्र पाउँदै आएका थिए । उद्योगमा काम गर्ने श्रमिकलाई चाहिँ दैनिक रु ४२ थपेर रु ४२७ ज्याला तोकिएको छ ।

राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला रु छ हजार ४६९ र महङ्गी भत्ता चार हजार ३८१ तोकिएको छ तर यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउन माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने