२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको काम गर्ने शैली ठिक भएन : नेता वैद्य

२०७६, ४ जेष्ठ शनिबार १४:२५

जेठ ४, काठमाडौँ  ।  नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सरकारको कामगर्ने शैली ठिक नभएको बताउनुभएको छ । 

सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधका लागि ऐक्यबद्धता जनाऊन आयोजना गरिएको अन्तर्क्रिया कार्यत्रममा उहाँले जनतालाई झुक्याउन सरकार समाजवादतर्फ उन्मुख भएको आरोप लगाउनुभयो । नेता वैद्यले लेखेकै भरमा पत्रकारलाई थुनछेक गर्ने, जेल हाल्ने र अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउन दर्ता गरिएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । 

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक व्यवस्थामा प्रेसलाई स्वतन्त्र हुनबाट अङ्कुश लगाउने कार्य निरङ्कुश भएको बताउनुभयो । उहाँले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए पत्रकारको आन्दोलनमा आफ्नो पार्टी सहभागी हुने धारणा राख्नुभयो ।  

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा सुरेश आचार्य, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, जनपत्रकार मञ्चका अध्यक्ष प्रकाश डुम्रे, समाजवादी पार्टीका केन्द्रीय सदस्य भगवती सुवेदी, कानून व्यवसायी सुनिल रञ्जन सिंह, एकराज भण्डारीलगायतले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने बताउनुझयो । कार्यक्रममा हालै जेलमुत्त हुनुभएका पक्रकार जितेन्द्र महर्जनलाई सम्मान गरिएको थियो । त्रान्तिकारी पत्रकार महासङ्घ, प्रगतिशील पत्रकार सङ्घ, नेपाल जनपत्रकार सङ्गठन, नेपाल प्रेस सोसाइटी र मधेशी पत्रकार मञ्च, नेफालको संयुक्त आयोजनामा सो अन्तर्त्रिया कार्यक्रम गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने