२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह

२०७६, ५ जेष्ठ आईतवार १०:३९

जेठ ५, बेझाड । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आउनुभएको छ ।

छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुग्नुभयो ।

परिवारको मीठो सपना बोकेर विदेश जानुभएका नेपाली दुई वर्षदेखि त्यहाँको जेल जीवन बिताइरहेका छन् । घरपरिवार, छोराछोरीको भविष्य बोकेर मलेसिया पुगेका नेपाली गएको वर्ष दिनमा नै जेल जीवन बिताउन बाध्य हुनुभयो । उहाँ विदेश गएपछि परिवारमा एक किसिमको खुशियाली छायो । एक वर्षभित्रै उहाँले विदेश जाँदा लागेको ऋण चुक्ता गरिसक्नुभएको थियो । ऋण सकिएपछि घरखर्च, परिवारको खुशीका निम्ति कमाएर केही वर्षमा नै स्वदेश फर्कने योजना बनाउँदै आएका नेपाली जेल जीवन बिताउन बाध्य हुनुभयो ।

श्रीमान् विदेशको जेलमा छन्, परिवारमा आयस्रोत नहुँदा दैनिक गुजारा चलाउन जमुनालाई निकै समस्या छ । मजद्रूी गरेर दैनिक रु ५०० बुझेको ज्यालाबाट घरखर्च, छोराछोरीको पढाई खर्च चलाउनुपर्ने बाध्यता छ । “छोराछोरी सानै छन्, कमाउन जानुभएका श्रीमान् जेलमा पर्नुभयो, मजदूरी नगरेसम्म साँझ बिहान चुल्होमा आगो बल्दैन”, उहाँले भन्नुभयो । श्रीमान्लाई जेलबाट निकाल्न कहीँकतैबाट पहल नहुँदा कति समयसम्म जेल जीवन बिताउनुपर्ने हो पत्तो नभएको उहाँको गुनासो छ । 

“श्रीमान्ले कसरी के कारणले भनेर सोध्दा केही बताउनु हुँदैन, जेलमा बसेको एक वर्षपछि मात्र परिवारमा खबर भयो, न रातमा निद्रा न दिनमा भोक लागेको जस्तै भएको छ”, उहाँले दुःखेसो पोख्नुभयो । परिवारमा शिक्षित व्यक्ति नहुनु, आयस्रोत अत्यन्तै न्यून रहँदा उहाँको परिवारमा चिन्ता छाएको छ । छोरो जेलमा छ भनेको सुनेपछि ६० वर्षीया आमा पवित्रा नेपालीको आँखामा आँशु रोकिएको छैन । घरमा पुग्ने जो कोही, छिमेकी, आफन्त देख्नेबित्तिकै छोरालाई नेपाल झिकाउने व्यवस्था गर्न आग्रह गर्नुहुन्छ ।

“उमेर ढल्कँदै गएको छ, छोराको पिरैपिरले बिरामी पर्न थालेको छु, धन कमाउन छोरो विदेश गयोभन्दा मनमा खुशी छाएको थियो, अहिले धन कमाउन त परै जाओस् अर्काको देशमा जेलमा छ भनेको सुन्दा मनमा पिरको भारीले थिचिरहेको छ”, उहाँले बिलौना गर्दै भन्नुभयो । छोराछोरी घरको आँगनमा कोही नयाँ व्यक्ति पुग्नै हुदैन, बाबा आउनुभयो भन्दै बाहिर निस्कन्छन् । 

मनबहादुर नेपाली त एक उदाहरणीय पात्र मात्र हो । उहाँ जस्तै धेरै नेपालीले यो समस्या भोगिरहेका छन् । बेरोजगारी समस्याले धन कमाउन खाडी मुलुकमा ऋण खोजेर जाने युवाले सोही रकम गाउँमै लगानी गरेर कमाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने