२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सहयोगका लागि धन्यवाद’

२०७६, ६ जेष्ठ सोमबार १६:५१

जेठ ६ काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको जीवनमा आधारभूत परिवर्तन ल्याउन नेपाल सरकारले सञ्चालन गरेका कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले गरेको सहयोगका लागि धन्यवाद गर्नुभएको छ । 

मन्त्री विष्टसँग आज आइएलओको सहायक महानिर्देशक तथा एशिया प्यासिफिक क्षेत्रीय निर्देशक टोमोको निसिमोटोले गर्नुभएको शिष्टाचार भेटमा उहाँले श्रम क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन श्रम सङ्गठनले गर्दै आएको सहायताप्रति आभार प्रकट गर्नुभयो । आगामी दिनमा आइएलओसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै मन्त्री विष्टले आइएलओको शतवार्षिकी समारोहको सफलताको कामना गर्नुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

 भेटमा निर्देशक निसिमोटोले नेपाल सरकारले श्रमिकका अधिकार सुनिश्चित हुने गरी सामाजिक सुरक्षालगायत कार्यक्रम अगाडि बढाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले श्रमको सम्मान अभियान, आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जनालगायत कार्यक्रम घोषणा गरिएकामा आइएलओ उत्साहित देखिएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने