२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका पूर्वराजा अहमद शाहको निधन

२०७६, ८ जेष्ठ बुधबार १६:२४

जेठ ८, क्वालालमपुर । मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको बुधबार निधन भएको छ । 

उहाँको ८८ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले पुष्टी गरेका छन् । पाहाङ राज्यबाट उहाँ केन्द्रीय राजा बन्नु भएको हो । पाहाङ राज्यको भने उहाँ पाँचौँ राजा हुनुहुन्थ्यो ।

देशका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै पूर्वराजाको निधन भएको जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । 

राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान उहाँको निधन भएको वक्तव्यमा उल्लेख गरिएको छ ।  

सन् १९३० मा जन्मनु भएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बन्नु भएको थियो भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष केन्द्रीय राजा बन्नु भएको थियो । 

मलेसियाका १३ प्रदेशमध्ये नौ प्रदेशमा छुट्टाछुट्टै राजा रहने र ती राजामध्ये पालैपालो केन्द्रीय राजा चुनिने व्यवस्था रहेको छ । 

उहाँलाई फुटबलमा अत्यन्त धेरै रुचि रहेको र फुटबल क्षेत्रमा उहाँको ठूलो योगदान रहेको भन्दै मलेसियामा उहाँलाई उच्च सम्मान गर्ने गरिएको छ । 

उहाँ झण्डै दुई दशकसम्म फुटबल सङ्घ मलेसियाको अध्यक्ष हुनु भएको थियो भने सन् १९९४ देखि २००२ सम्म एशियन फुटबल सङ्घको अध्यक्ष हुनुभएको थियो । 

मलेसियामा अहिले सुल्तान अब्दुल्ला अहमद शाह राजा हुनुभएको छ । निर्वाचित संवैधानिक राष्ट्रप्रमुखका रूपमा उहाँ मलेसियाको १६ औँ राजा बन्नु भएको हो । त्यसअघिका राजा सुल्तान मुहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा दिएपछि उहाँलाई नयाँ राजा चयन गरिएको हो ।

मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने प्रचलन रहे पनि यसअघिका राजाले समय पूरा नहुँदै व्यक्तिगत कारण देखाउँदै राजगद्दी परित्याग गर्नुभएको हो । 

बुधबार निधन भएका राजा सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा गत जनवरी ११ का दिन पद त्याग गरेपछि अहिलेका राजा अब्दुल्ला त्यस राज्यको सुल्तान बन्नुभएको थियो । त्यसपछि उहाँ केन्द्रको राजा बन्नु भएको हो । 

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन । उनीहरूले प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायका पदेन प्रमुख हुने व्यवस्था छ भने अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । राजाको मानहानी हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुनसक्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने