२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध हातहतियारसहित २४२ पक्राउ

२०७६, ९ जेष्ठ बिहीबार ०५:१९

जेठ ९, काठमाडौँ ।  नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहेका छन् । यो सङ्ख्यामा १७ विदेशी नागरिक रहेका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार एलएमजी राइफल एक थान, पोइन्ट टुटु राइफल एक थान, एसएमजी दुई थान, एमसिक्स्टीन एटु राइफल एक थान, पेस्तोल ३८ थान, बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान, रिभल्वर तीन थान, भरुवा बन्दुक ११८ थान गरी जम्मा २१४ थान बरामद गरिएको छ । उनीहरूको साथबाट ६८० राउण्ड गोली बरामद भएको छ । 

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले अवैध हातहतियार ओसारपसार गर्ने  १६५ जनाविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिनुभयो । “ठूलो परिणाममा आधुनिक हतियार बरामद हुनु समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सहयोग पुगेको छ”, उहाँले भन्नुभयो । बरामद भएका हतियारमध्ये पेस्तोल, रिभल्वरको साथै नेपालमै बनेका कटुवा पेस्तोल बढी रहेका छन् । 

अवैध हातहतियार नियन्त्रण तथा कारोवारीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरि नै विशेष अभियान चलाएको प्रवक्ता पोखरेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने