२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छ : राष्ट्रपति

२०७६, ९ जेष्ठ बिहीबार ११:३४

पूर्णप्रसाद न्यौपाने,  जेठ ९ ओखलढुङ्गा  । राष्ट्रपति विद्यादेवी भण्डारीले  स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभएको छ ।    युगकवि सिद्धिचरण श्रेष्ठको १०८ आँैं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले  स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “युगकवि सिद्धिचरणसहितका सर्जकको योगदानले नेपालको दिगो विकास र ठूलाठूला परिवर्तनमा भूमिका खेलेको छ । त्यो योगदानको हामीले सम्मान गर्नुपर्छ ।” राष्ट्रपति भण्डारीले कला, साहित्य र खेलकुदको विकासका लागि सरकारले नीतिगत पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्न सरकारले सबै क्षेत्र र वर्गलाई समेट्न सक्नुपर्ने पनि बताउनुभयो । 

राष्ट्रपतिले जलस्रोतको सदुपयोग, पर्यटन प्रवद्र्धन र  रैथाने कृषि प्रणालीलाई आधुनिकीकरण गरेर समृद्धिको अभियानमा जुट्नुपर्ने धारणा राख्नुभयो । रुम्जाटार विमानस्थललाई पुनःसञ्चालन गराउन र निर्माणाधीन दोभास विमानस्थललाई वैकल्पिक मार्गका रुपमा विकास गर्न ध्यानाकर्षण गराउँदै विसं २०७४ वैशाख १ गते आफूले उद्घाटन गरेको थोलेदेम्बा महोत्सवको निरन्तरता र त्यस क्षेत्रमा भएको विकासले आफू सन्तुष्ट रहेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले स्थानीय समुदायलाई रोजगारी उपलब्ध गराउन उद्योगग्रामको अवधारणा ल्याउन तथा स्वच्छ नागरिक र अब्बल खेलाडी उत्पादन गर्न विद्यालय तहदेखि नै खेलकुदका कार्यक्रम गर्न सुझाव दिनुभयो ।  तीनै तहका सरकारको प्राथमिकतामा परे पर्यटन क्षेत्रको विकासले नेपाललाई समृद्ध बनाउने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

सिद्धिचरण नगरपालिका र सिद्धिचरण स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले युगकविका सपना पूरा गर्नका लागि  एकताबद्ध भएर विकासको अभियानमा जुट्नुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो,  “विकासका मुद्दा साझा बन्नुपर्दछ । स्रष्टाका सपना साकार हुनुपर्दछ । तब मात्रै युगकविको सम्मान गरेको मानिनेछ ।” आफ्नो पनि जन्मभूमि भएकाले ओखलढुङ्गाको विकासका लागि आफूले सक्दो पहल गर्ने आश्वासन उहाँले दिनुभयो । 

मुख्यमन्त्री शेरधन राईले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले नीतगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै युगको माग र आवाज बोल्न सक्ने युगकविको योगदानलाई कदर गर्दै ओखलढुङ्गालाई साहित्यिक भूमिका रुपमा विकास गरिने बताउनुभयो । प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनुवारले थोलेदेम्बा महोत्सवपछि पर्यटकीय क्षेत्रका रुपमा विकासका काम अघि बढेको बताउनुभयो ।  पूर्वसांसद रामहरि खतिवडाले पूर्वको कर्णालीका रुपमा हेरिएको ओखलढुङ्गालाई विकासको नमूना जिल्ला बनाउन आग्रह गर्नुभयो । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले नगरपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा स्वच्छ र समृद्ध नगर बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने