२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिक्री लुटिएला नि ! डेढ महिनामै लुटिए नौ जना

२०७६, १० जेष्ठ शुक्रबार ०३:५०

जेठ १०, काठमाडौं । धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे । 

गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको मौका छोपी गुरुङको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपाचोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ लुटिइन् ।  पल्सर मोटरसाइकलमा आएका दुई जनाले मीनाकुमारीको गलाको डेढ तोलाको सुनको लकेटसहितको सिक्री थुतेर भागे। गुहार माग्दा मोटरसाइकल धेरै टाढा पुगिसकेको थियो । 

गत चैत १३ गते बौद्ध टुसालमा याङ्जी शेर्पाको साढे दुई तोलाको सिक्री लुटियो । मानिस आउजाउ कम भएको मौका छोपेर पल्सरमा आएका दुई जनाले याङ्जीको सिक्री थुतेर भागेका थिए ।

यी तीनवटै घटना उदाहरणमात्रै हुन् । चैत दोस्रो सातादेखि जेठको पहिलो सातासम्म डेढ महिना अवधिमा उपत्यकामा नौ वटा सिक्री लुटपाटका घटना भएका छन् ।

प्रहरीले सबै घटनाका अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । गर्मी सुरु भएपछि सिक्री लुटेर सलबलाउने गरेको विश्लेषण प्रहरीको छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुले घटनाको अनुसन्धान गरिहरहेका छन् । प्रहरीले सकभर सक्कली गहना लगाएर हिँड्दा सावधानी अपनाउन पटकपटक सर्वसाधारणलाई सचेत गराउँदै आएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा