४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

द्वन्द्वकालीन रोल्पाकी मृतक सैनिक श्रीमतीको कहालीलाग्दो दिनचर्या

१० जेष्ठ २०७६, शुक्रबार ०४:५३

उमा केसीे, जेठ १०, रोल्पा । (रासस) : “विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको घटना सुनाए” रोल्पा नगरपालिका–२ थलिवाङ निवासी ओमकुमारी डाँगी यत्तिकैमा केही समयसम्म रोकिनुभयो । अलिक मन बलियो बनाउँदै उहाले थप्नुभयो, “पहिले त ब्यारेक नै आक्रमण भयो होला भनेर विश्वास नै गरिनँ, सबैले त्यही मात्र कुरा गर्न थालेपछि मेरो दिमागले काम नगरेजस्तो भयो, हातखट्टा काप्न थाले । त्यसपछि आफ्नो छेउमै भएको डेढ÷दुई वर्षका नानीबाबु हेरेर आफूले आफूलाई सम्हाल्ने कोसिस गरेँ ।”

 “त्यो दिन मेरो कालो दिन रहेछ, म २२ वर्षकी थिएँ, यति कलिलो उमेरमै श्रीमान् गुमाउनुजस्तो पीडा मलाई पर्छ भन्ने के थाहा, १३ वर्षकै उमेरमा लिवाङ आएँ, दुई वर्षसम्मको प्रेमपछि म १८ वर्षको हुँदा वैवाहिक बन्धनमा बाँधियौँ, विवाह भएको चार वर्षमै श्रीमान्को मृत्यु भयो”, भक्कानिदै उनले भनिन् । 

दाङ, घोराहीमा रहेको भगवतीप्रसाद गुल्ममा कार्यरत खड्कबहादुर डाँगीले तत्कालीन माओवादीले पहिलोपटक नेपाली सेनाको ब्यारेकमा गरेको आक्रमणमा परी ज्यान गुमाएका थिए । तेइस वर्षका डाँगीे जागिर खाएको छ वर्षमै आक्रमणमा परी मारिए । उनको निधनपश्चात श्रीमती डाँगीले दुई बच्चाको जेनतेन पालनपोषण गर्दै आइन् ।

 तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपश्चात द्वन्द्वपीडितले पाउने राहत भनेर रु १० लाख पाइन् । “सो रकम ससुराको क्रण तिर्न र किरिया खर्चमै सकियो, छोराछोरीले १२ कक्षासम्म त सैनिक स्कूलमै छात्रवृत्तिमै पढे, अब त छोराले १२ पास गरिसक्यो, सोही स्कूलमा पढ्ने व्यवस्था छैन”, डाँगीले भनिन् । “२१ वर्षसम्म रु दुई हजारका दरले पैसा दिने गरेको भए पनि अहिले त्यो पनि छैन, छोराले होटल म्यानेजमेन्ट पढिरहेको छ, कोठा भाडा, खाने खर्चबाहेक मासिक रु १६ हजार त शुल्कनै तिर्नुपर्छ, मेरो रु ११ हजार मात्र पेन्सन आउँछ, खर्च कसरी पु¥याउने” उनले दुखेसो पोखिन् ।

 “जग्गा जमीन छ, बिक्दैन, श्रीमान्को ज्यान बाँचेको भए धेरै कमाउँथे होला, अर्को साल छोरी पनि १२ पास गरेर सैनिक स्कूलबाट निस्कँदैछे, कसरी खर्च धन्ने होला, श्रीमान् भएको भए यति धेरै समस्या त पर्ने थिएन”, उनले गहभरि आँशु पार्दै भनिन् । “आफ्नो ज्यान पनि सधैँ सञ्चो हुँदैन, उमेरले पनि ४० पुग्न थालिसकेँ, खर्च झन् बढ्दैछ, कमाउने बाटो केही छैन, जुनी कसरी काट्ने हो, छोराछोरी कसरी पढाउने हो” उनले थपिन् ।

“सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका सैनिकका छोराछोरीलाई सरकारले नै उच्च शिक्षासम्म अध्ययन गराई रोजगार दिए हुन्थ्यो, मेरो श्रीमान्ले देशको रक्षाकै लागि ज्यान गुमाउनुप¥यो, ठूलो कक्षामा पढ्ने बेला झनै धेरै खर्च लाग्छ, त्यही बेला सहयोग कहीँबाट पनि नआउने, अहिले मृतक सेनाका परिवारलाई उपेक्षा गरेजस्तो हामीलाई महसुस भइरहेको छ”, डाँगीले भन्नुभयो ।

 विगतको १० वर्षे सशस्त्र द्वन्द्वमा रोल्पाबाट ज्यान गुमाउने एक मात्र सैनिक खड्गबहादुर डाँगी भएको भूपु सैनिक सङ्घ रोल्पाका प्रवक्ता वीरबहादुर कुँवरले बताउनुभयो । अन्य चार कालगतिले मरेका छन् भने द्वन्द्वको समयमा पहिलो अक्रमणमा परी ज्यान गुमाएका डाँगी जिल्लाको एक मात्र सैनिक भएको कँुवरले जानकारी दिनुभयो । रोल्पामा विसं २०५२ देखि २०६३ मङ्सिर ५ गतेको बृहत् शान्ति सम्झौता हुँदासम्मको सशस्त्र युद्धको समयमा ९६९ ले ज्यान गुमाएका थिए भने ३३ बेपत्ता भएका थिए । घाइते, अपाङ्ग हुनेको सङ्ख्या भने रोल्पामा २६६ रहेको तथ्याङ्कमा उल्लेख छ ।

 द्वन्द्वको समयमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट रोल्पामा मात्र यति धेरैले ज्यान गुमाए । ती मृतकका घरपरिवारको आर्थिक अवस्था अझै दयनीय छ । सरकारले द्वन्द्व प्रभावितलाई गाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारमा प्रदान गरे देशका लागि ज्यान आहुती गर्ने मृतकका परिवारलाई केही राहत पुग्ने द्वन्द्वपीडित श्रीकुमारी रोकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ