२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा प्रहरीद्वारा वडाध्यक्ष कुटिएपछि स्थानीयको विरोध

१० जेष्ठ २०७६, शुक्रबार ०७:२९

जेठ १०, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयले आज बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । बिहीबार राति पुनर्वासको डोकेबजार प्रहरी चौकीमा विवाद मिलाउने क्रममा प्रहरीले वडाध्यक्ष तुलसी अर्यालमाथि कुटपिट गरेको हो ।

कुटपिटबाट घाइते भएका अर्यालको टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारका लागि धनगढी लगिएको छ । स्थानीयवासीले वडाध्यक्षमाथि कुटपिट भएपछि डोकेबजार चौकीमाथि तोडफोड गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

आफूहरुको जनप्रतिनिधि प्रहरी अधिकृतको निर्देशनमा कुटिएको भन्दै स्थानीयले डोकेबजार–बेलौरी हुलाकी सडक ठप्प पार्नुका साथै स्थानीय बजारसमेत बन्द गराएका छन् । गाउँमा युवायुवतीको विवाद मिलाउने क्रममा वडाध्यक्ष अर्याललाई रोहबर बस्न राति चौकी बोलाइएको थियो । 

स्थानीयवासीको तोडफोड र प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीय प्रशासनले विवाद साम्य पार्ने विषयमा छलफल गरिरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो