चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

Posted on: 24 May, 2019

जेठ १० गुइयाङ । चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ । 

स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

 यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सवैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ  ।

स्थानीय समयाअनुसार बिहीबार बेलुका ६ः३० मा दुर्घटना भएको यस डुङ्गामा २९ व्यक्ति सवार रहेका बताइएको छ ।  दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!