२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु

२०७६, १० जेष्ठ शुक्रबार १५:०१

भारतमा शुक्रबार कम्तीमा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ ।  

सुरातको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा पनि उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 

 ‘लक्ष्यशिला कम्प्लेक्स’मा रहेको कोचिङ् सेन्टरमा रहेका विद्यार्थीहरु सो आगलागीमा परेको समाचारमा जनाइएको छ ।  

“आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने देखिएको छ,” सुरातका प्रहरी प्रमुख सतिश कुमार शर्माले भन्नुभयो ।  

 घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नु भएको छ । उहाँले घाइतेहरुको स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ । 

मोदीले ट्वीटरमा लेख्नु भएको छ,“सुरातमा भएको अत्यन्त दुखद घटना थाहा पाएर मलाई विक्षिप्त बनाएको छ, मृतकप्रति मेरो हार्दिक श्रद्धान्जली छ । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

 उहाँले घटना भएको गुजरात प्रदेशको सरकारलाई पनि प्रभावितहरुलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको पनि उल्लेख गर्नुभएको छ । 

गृहमन्त्री राजनाथ सिंहले पनि ट्वीट गर्दै आगलागीमा परी मृत्यु भएका र घाइते भएकाहरुप्रति दुःख व्यक्त गर्नुभएको छ । त्यसैगरी गुजरातका मुख्यमन्त्री विजय रुपानीले समेत घटनाप्रति दुःख व्यक्त गर्दै घटनाका बारेमा तत्काल अनुसन्धान गर्न र आगलागीमा परी मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार चार लाख रुपँैया राहत स्वरुप उपलब्ध गराउने घोषणा पनि गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा