२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई छोडेर मटन भुटन

२०७६, ११ जेष्ठ शनिबार ०६:१२

जेठ ११ चितवन । विदेशमा छ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम ग¥यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गर्नुभयो । दुबईमा मासिक रु ३० हजार हाराहारी कमाइ गर्नुहुने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्नुुुहुन्छ ।

 भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी विसं २०६० बाट छ वर्ष दुबई बसेर स्वदेशमै केही गर्ने योजना बुन्दै नेपाल फर्किनुभयो । चोक बजारमै काकाले शुरुआत गरेको होटल उहाँले सम्हाल्नुभयो । होटलको नाम थियो अधिकारी रेष्टुराँ । खाजा पाक्थ्यो भुटन र मटन । उत्साहित हुँदै अधिकारीले भन्नुभयो, “पहिलो दिनमा मैले रु छ हजारको व्यापार गरेँ, निकै खुशी लाग्यो ।” उहाँको होटलमा दैनिक स्थानीय जातको खसी काटेर  भुटनका परिकार बनाइन्छन् ।  

 व्यापार बढ्दै गएपछि उहाँ उत्साहित हुँदै जानुभयो । बजार नजिकै एक कट्ठा जग्गा किनेर घर र रेष्टुराँसँगै बनाउनुभयो । अधिकारीले अहिले दैनिक रु १५ हजारको हाराहारीमा व्यापार गर्नुहुन्छ । श्रीमती अम्बिका र एकजना कामदारले उहाँलाई सघाउँदै आएका छन् । उहाँले भन्नुभयो, “विदेशको कमाइभन्दा यहाँ धेरै राम्रो छ, म सन्तुष्ट छु ।” दुई सन्तान छन् अधिकारीका । छोरीले निजी विद्यालयबाट एसइई दिएकी छिन् भने छोरा निजी विद्यालयमा पढ्दै छन् । दुई सन्तान पढाउनेदेखि घरखर्च टार्दै बचत पनि गर्न सकेको अधिकारी बताउनुहुन्छ ।

 एकै प्रकारको खाजा खुवाउने हुँदा जिल्लाका विभिन्न ठाउँबाट ग्राहक आउने गरेको उहाँको भनाइ छ । बैंकका कर्मचारी, शिक्षक, घर जग्गा व्यवसायी, सरकारी कर्मचारी उहाँका नियमित ग्राहकजस्तै छन् । आफ्नै घर भएकाले भाडा तिर्न नपर्ने र कर्मचारी एकजना मात्रै भएकाले बचत राम्रो हुने गरेको छ । अधिकारीले भन्नुभयो, “लगन लगाएर काम ग¥यो भने नेपालमै केही गर्न सकिन्छ ।” नियमित खट्दा उपलब्धि हुन्छ भन्ने अनुभव उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने