२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गलत सामाजिक र सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ : राष्ट्रपति

२०७६, ११ जेष्ठ शनिबार ११:४९

जेठ ११, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताउनुभएको छ । बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाँैडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको आज उद्घाटन गर्दै उहाँले यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत बन्न गई मानव जीवन सुखी र सम्पन्न हुने उल्लेख गर्नुभयो ।

राज्यले अँगालेका महत्वपूर्ण प्रावधानको प्रभावकारी कार्यान्वयनले महिलाको चौतर्फी विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “सदियाँैदेखि समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक तथा सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्न अझै ठूलो परिश्रम र मिहेनत गर्नुपर्छ ।’’

स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाज निर्माण गर्ने राज्यको लक्ष्य रहेको बताउँदै उहाँले मौलिक हकको रुपमा संविधानमै असहाय र एकल महिलाको लागि सामाजिक सुरक्षाको व्यवस्था गरेको छ भन्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “मुलुकमा महिला उत्थान र विकासका लागि सकारात्मक विभेद नीति र कानूनसमेत तर्जुमा भएका छन्, देशमा रहेका सामाजिक र सांस्कृतिक कुरीति, कुसंस्कार र कुप्रथाको अन्त्य गर्ने संवैधानिक सङ्कल्प छ ।’’ 

समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक र संवैधानिक दृष्टिकोणले आधारभूत रुपमा समाजमा भेदभाव टुङ्गिए पनि सामाजिक, सांस्कृतिक र आर्थिक पाटोबाट भने भेदभाव अझै हट्न बाँकी नै रहेको बताउनुुभयो । उहाँले भन्नुभयो, “सामाजिक चेतना र जागरणका माध्यमबाट समाजमा देखिएका विभेद अन्त्य गर्नेतर्फ हाम्रो प्रयास छ । यसका लागि सामाजिक अभियान चलाउनुपर्छ ।’’ 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एकल महिलाको हक अधिकार र सम्मानको लागि २५ वर्षदेखि थालिएको अभियानले मुलुकभरका महिलालाई सङ्गठित गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामन्ती संस्कार बोकेको नेपाली समाजबाट अझै पनि महिला घरेलु हिंसाको शिकार हुँदै आएका छन्, यस्ता विकृति, विसङ्गति र अत्याचारविरुद्ध सामाजिक अभियान चलाउनुपर्ने अवस्था छ ।’’

समूहकी अध्यक्ष कुन्ता शर्माले एकल महिलालाई धर्म र संस्कृतिको जन्जिरमा बाँध्ने काम हँुदै आएकाले सबैको प्रयासमा यस खालका कुरीतिलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

 संस्थाकी संस्थापक अध्यक्ष लिली थापाले एकल भएकै आधारमा कुनै महिलालाई विभेद गर्नु हुन्न भन्ने अभियान सञ्चालन गर्ने सोचले स्थापना गरिएको समूहमा अहिलेसम्म एक लाख ६० हजार एकल महिला सङ्गठित रहेको जानकारी दिनुभयो । उक्त समूह स्थापनाको रजत महोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा ७६ जिल्लाका ५०० प्रतिनिधिको सहभागिता रहेको थियो । पछिल्लो जनगणनाअनुसार मुलुकमा एकल महिलाको सङ्ख्या कूल जनसङ्ख्याको ५.८ अर्थात छ लाख एक हजार छ ।  

 छोरालाई पढाउने छोरीलाई भने सानो उमेरमै विवाह गरेर धपाउने प्रवृत्ति अझै पनि समाजमा ठूलो रोगको रुपमा रहेकोबारे सो अवसरमा सबैको ध्यानाकर्षण गरियो । तीमध्ये २० देखि ३० वर्ष उमेर समूहका महिलाको ६७ प्रतिशत रहेको बताइएको छ । एकल महिलामध्ये निरक्षर महिलाको सङ्ख्या ८६ प्रतिशत रहेको जनाइएको छ । विगतमा भएको १० वर्षे द्वन्द्वका क्रममा १० हजारको सङ्ख्यामा महिला विधवा भएका थिए । 

उक्त समूहले यसअघि मुलुकमा विभिन्न स्थानमा १६ वटा छहारी भवन निर्माण गरिसकेको र यसबाट शितलता मात्रै होइन, एकल महिलाका लागि ऊर्जासमेत मिलेको जानकारी दिइयो । भारतीय सरकारको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा गरी अहिले मुलुकभरबाट १४६ जना एकल महिला जनप्रतिनिधिका रुपमा काम गरिहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने