२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को नाम गौरीशङ्कर राख्नुपर्ने बहस

२०७६, १२ जेष्ठ आईतवार १६:२३

जेठ १२ काठमाडौँ । प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्नुपर्ने प्रस्तावमाथि बहस शुरु भएको छ । प्रदेशसभा सदस्य विशाल खड्काले उक्त प्रदेशको नामकरण गौरीशङ्कर राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गराएपछि नामकरणका विषयमा बहस शुरु भएको हो ।

प्रदेश ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदले सो प्रदेशको नाम गौरीशङ्कर  राख्नपर्ने प्रस्तावमा आज आयोजित कार्यक्रममा हिमालको नामबाट नामकरण गर्दा उपयुक्त हुने विज्ञ तथा सांसदले सुझाव दिएका छन् ।

प्रदेश ३ का प्रदेशसभा सदस्य पूर्वमन्त्री राजेन्द्र पाण्डेले नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियजगत्मा अझै परिचित गराउन पनि प्रदेश ३ को नाम गौरीशङ्कर राख्न उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले सात वटा प्रदेशमध्ये अन्य प्रदेशले हिमालको नामबाट नामकरण नगरेको हुँदा प्रदेश ३ को नामकरण हिमालको नामबाट राख्न उपयुक्त हुने देखिएको तर्क राख्नुभयो ।

 प्रस्तावक विशाल खड्काले नेपालको पहिचान हिमाल पनि भएकाले आफूले प्रदेश ३ को नामकरण गौरीशङ्कर हिमाल राख्न उपयुक्त हुने प्रस्ताव प्रदेशसभामा पेश गरेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश ३ हिमालय शृङ्खलाको बाहुल्यता रहेकोे प्रदेश भएकाले पनि यहाँका सबै समुदायको साझा प्रस्तावका रुपमा गौरीशङ्कर हिमाललाई अघि सारिएको बताउनुभयो ।

सोही प्रदेशसभा सदस्य पशुपति चौलागाईंले पनि प्रदेश ३ को नामकरण गौरीशङ्कर नै राख्नुपर्ने र यसले धार्मिक, सांस्कृतिक तथा १३ वटै जिल्ला देखिन सक्ने धारणा राख्नुभयो । 

 प्रतिनिधिसभाका सांसदहरु पार्वत गरुङ र जीपछिरिङ लामा, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, नेपाली काङ्ग्रेस दोलखा जिल्ला कार्य समितिका सभापति द्रबहादुुर खड्काले प्रदेश ३ को नामकरण गौरीशङ्कर राख्नुपर्ने प्रस्ताव सही भएको धारणा राख्नुभयो ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सबैको साझा भएकाले प्रदेश ३ को नाम गौरीशङ्कर राख्न राम्रो हुने सुझाव दिनुभयो । संस्कृतिविद् डा जगमान गरुङले गौरीशङ्कर हिमालको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने