४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कुस्मिसेरा गाबिस बाग्लुङ जिल्लाको १४ औं साक्षर गाविस घोषणा

८ पुष २०७२, बुधबार ०४:५२

पुस ८, बाग्लुङ । बाग्लुङ जिल्लाको दक्षिणमा रहेको कुस्मिसेरा गाबिस जिल्लाको १४ औ निशुल्क आधारभूत शिक्षा तथा साक्षर गाविस घोषणा भएको छ । गाविसमा रहेका १५ देखि ६० बर्ष उमेरका गाविसबासी साधरण लेखपढ गर्न सक्ने भएपछि उक्त गाविसलाई १४ औं साक्षर गाविस घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बिष्ण्ुा प्रसाद पोख्रेलले कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षा क्षेत्रको बिकास गर्न शिक्षा कार्यलयको मात्र भरमा नपरि सम्पुर्ण समुदाय,सरकारी तथा गैरसरकारि संघ सस्था, लगायत सरोकारवाला निकायको महत्वपूर्ण भूमिका र योगदानबाट मात्र सम्भव भएको बताए । व्यक्ति साक्षर भए घरपरिवार , घरपरिवार भए समाज, समाज भए सिंगो देशनै साक्षर हुने बताउँदै पोख्रेलले शिक्षा क्षेत्रमा सवैले जोड दिनुपर्ने बताए ।

जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद तिवारीले ९५ प्रतिशत मानिसहरु साक्षर भएमा साक्षर गाबिस घोषणा गर्न मिल्ने नितीगत व्यवस्था भएको बताउदै उक्त्त गाबिसका ९६.१८ प्रतिशत महिला र ९८.६४ प्रतिशत पुरुष साक्षर गाविस घोषणा गरिएको बताए । गाउँ शिक्षा समिती र गाउँ बिकास समीती कुस्मिसेरा आयोजना एवम् प्लान नेपालको सहयोग र जिल्ला शिक्षा कार्यालय बागलुङं, शान्ति उमाबि कुस्मीसेराको संयोजनमा उक्त गाविसलाई साक्षर गाबिस घोष्णा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ