कमल पौडेल/ पुस, बागलुङ (खर्वाङ) । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुन्डाडा ७ खर्वाङ, बागलुङको योजना तर्जुमा गोष्ठी खर्वाङमा सम्पन्न भएको छ । सनिवार भएको गोष्ठिले आगामी वर्षको लागी केहि योजनाहरु साधारण सभामा प्रस्तुत गर्ने गरि तयारी गरेको छ ।
सहकारिले यस वर्ष देखि शेयर महिला सदस्य सुत्केरी हुँदा २ वच्चा सम्मको लागी सुत्केरी पोषण भत्ता उपलब्ध गराउने, नियमित वाल वचत गर्ने बालवालीकाले संस्थाको शेयर खरिद गर्दा सदस्यता शुल्कमा छुट दिने, ऋण प्रयोजनको लागी जग्गा धितोको क्षेत्र वढाउने, समयमा ऋण असुली नगर्ने सदस्यहरुका साँक्षिवाट ऋण असुलीको प्रक्रिया अगाडि वढाउने, दृघकालिन वचत योजना सुरु गर्ने लगाएतका निर्णय गरेको र आगामी साधारण सभावाट पास गरि कार्यान्वयन गर्ने सहकारीले जनाएको छ ।
गोष्ठिमा सहकारीका प्रवन्धक दुर्गा अर्यालले ६ करोड ३९ लाख ४१ हजार २ सय ७ वरावरको आय व्याय विवरण जानकारी गराउनु भएको थियो । गोष्ठीमा दगातुन्डाडा गाविसका सचिव एवं अध्यक्ष खिमराम शर्मा, निवर्तमान अध्यक्ष मित्र वहादुर पुन, दगातुन्डाडामा क्रियाशिल राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, सहकारीको कार्यसमिति तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु, र सक्रिय शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम अध्यक्ष विष्णु प्रसाद खरेलको अध्यक्षता, उपाध्यक्ष होमनाथ अर्यालेको स्वागत मन्तव्य तथा सचिव दुर्गादत्त अर्यालको संचालनमा सम्पन्न भएको थियो । (फोटो एटेज गरिएको छ)