२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सामाजिक परिचालकहरुको वैठक सम्पन्न

२०७२, २२ पुष बुधबार ०३:३४

कमल पौडेल/ पुस, बागलुङ (खर्वाङ) । सामाजिक उर्जा विकास तथा वातावरण संरक्षण केन्द्र बागलुङले स्थानिय शासन तथा सामुदायीक विकास कार्यक्रम अन्तर्गतका सामाजिक परिचालकहरुको क्लष्टर नं. ६ को वैठक जिविस हल खर्वाङमा सम्पन्न भएको छ । १९ गाविसका सामाजिक परिचालकहरुको भेलामा आफ्नो स्तरवाट गरिएका क्रियाकलापको समिक्षा गरिएको छ । त्यस्तै संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयवाट प्राप्त भएको वडा नागरिक मञ्चको वर्गिकरण फारम, सामाजिक परिचालकले कामको प्रगति विवरण सेवा प्रदायक संस्था मार्फत समयमै उपलब्ध गराउने निर्णय गरेको छ ।

कार्यक्रममा सामाजिक विकास शाखा अधिकृत भेषराज पौड्याल, जिल्ला शासन विज्ञ विष्णु प्रसाद पाठक, ग्रामिण जागरण मञ्च संयोजक कमला शर्मा, उर्जा तथा वातावरण संरक्षण केन्द्र संयोजक हरिष पौडेलले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम दगातुन्डाडा गाविस सचिव एवं अध्यक्ष खिमराम शर्माको अध्यक्षता तथा सामाजिक परिचालक गिता पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै क्लष्टर स्तरको वैठककै सन्दर्भमा दगातुन्डाडा वार्ड नं. ६ मा वैठक तथा अन्तक्र्रिया सम्पन्न भएको छ । वडा नागरिक मञ्चका उपभोक्ता तथा प्रतिनिधि संगको अन्तक्र्रियामा आफ्नो स्तरवाट विकास निर्माण तथा अन्य भए गरेका क्रियाकलापको समिक्षा समेत गरिएको छ ।

कार्यक्रममा सामाजिक विकास शाखा अधिकृत भेषराज पौड्याल, जिल्ला शासन विज्ञ विष्णु प्रसाद पाठक, ग्रामिण जागरण मञ्च संयोजक कमला शर्मा, उर्जा तथा वातावरण संरक्षण केन्द्र संयोजक हरिष पौडेलले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम वडा नागरिक मंचका संयोजक विष्णुमाया अर्यालको अध्यक्षता तथा सामाजिक परिचालक गिता पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन