५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड मेला मङ्गलबारदेखि

२० जेष्ठ २०७६, सोमबार १०:५३

जेठ २०, रसुवा । गङ्गादशहरा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डमा मेला व्यवस्थित गर्न सबै तयारी पूरा गरिएको छ । गोाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सफाइ र स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको छ ।

सो पर्वको अवसरमा पाँच हजार भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ यथेष्ठ भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायीलाई आग्रह गरिसकिएको बताइएको छ ।

यसवर्ष गङ्गादशहरा मेला यही जेठ २१ गतेदेखि २९ गतेसम्म चल्ने र दशयोग जोडिएको दिनलाई दशहरा पर्व मानिएकाले गोसाइँकुण्डमा स्नान गर्दा अञ्जानमा भएका सबै पापबाट मोक्ष मिल्ने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । 

 उक्त पर्वका अवसरमा गोसाइँकुण्ड जाने भक्तजनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले नेपाली सेना र स्वास्थ्य कार्यालयको समन्वयमा ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखिने जानकारी दिनुभयो । 

काठमाडौँदेखि धुञ्चेसम्म आठ घण्टा मोटरमा र त्यसपछि पैदलयात्रा शुरु हुने धार्मिक पदमार्गमा सुसाउँदै झरेकी त्रिशूली नदी, उकाली  भञ्ज्याङ चौतारीे, चन्दनबारी र आधार इलाकामा  भेटिने चौरीगाई, विविध वनस्पति र लौरीबिनायक टापुबाट देखिने पश्चिम क्षेत्रको अल्का हिमालले भक्तजनलाई मनमोहक बनाउँछ  ।       

समुद्र मन्थन गर्दा निस्केको कालकूट विषपानका कारण छटपटाउनुभएका भगवान शङ्करले  शीतल स्थानको खोजीमा  निलाद्री पर्वत पुगेर त्रिशूलले हानी जल उत्पन्न गराई त्यहीँ जल समाधिमा बस्नुुभएको थियो । 

जीवनमा एक पटक गोसाइँकुण्ड पुग्नैपर्ने मान्यता रहेकाले पनि यही  जेठ २१ गते देखि २९ गतेसम्म आयोजना हुने मेलामा पाँच हजार भन्दाबढी भक्तजन आउने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले बताउनुभयो ।मेला भर्न आउने भक्तजनले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने  विश्वासका साथ यहाँ वर्षेनी भक्तजनको भिड लाग्ने गरेको पूरोहित ढकालको भनाइ थियोे ।

समुद्र सतहदेखि १४ हजार १००  फिटको उचाइमा अवस्थित यो पवित्रतीर्थस्थल बौद्ध तथा तथा हिन्दू दुबैको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा र स्थानीय वेशभूषाले यो पर्वलाई झन रौनक बढाएको पाइन्छ । 

 पर्वका अवसरमा कुण्ड पुग्ने भक्तजनले आप्mना दिवङ्गत पित्रीको सम्झनामा श्राद्ध तथा तर्पण गर्नाले उनीहरु स्वर्गवास हुने मान्यता रहिआएको छ । गोसाइँकुण्ड जान घरबाट निस्केका तर उकालो चड्न नसक्ने भक्तजनका लागि धुञ्चेबजारभन्दा पूर्व त्रिशूली नदी किनारमा सानो गोसाइँकुण्ड निर्माण गरिएकाले त्यही स्नान गरेर पनि मनोकाक्षा पूरा गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ