४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमती गर्भवती बनाएर श्रीमान्ले गरे अर्को विवाह , प्रमिलाको बिजोग

२९ जेष्ठ २०७६, बुधबार ०७:४७

जेठ २९, पाँचथर  । अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्षअघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गर्नुभएकी सिवाको लिम्बूले गर्भवती बनाएर अर्को विवाह गरेपछि बिचल्ली भएको हो ।

आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट मङ्गलबार पाँचथर अस्पतालमा छोरीको जन्म भएपछि सुत्केरी सिवाको हेरचाह गर्ने मान्छेसमेत नभएपछि उहाँको बिचल्ली भएको हो । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सिवालाई झुक्याएर श्रीमान्ले दोस्रो विवाह गरेपछि माइती थर्पुमा बस्दै आउनुभएकी उहाँलाई स्थानीय स्वयंसेविकाले जिल्ला अस्पतालसम्म ल्याइदिए । 

ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–४ को साप्लाखुमा विवाह गरे पनि श्रीमान् र सासू–ससुरासँगै झापाको काकडभिट्टामा बस्दै आएकी प्रमिलाले विवाहपछि श्रीमान्को घरपरिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुव्र्यवहार र शारीरिक यातना खेप्नुपरेको सिवाले बताउनुभयो ।

गएको पुस महीनामा श्रीमान्ले अर्कै केटीसँग दोस्रो विवाह गरेको र त्यसपछि आफूसँग सम्पर्कमा नरहेको भन्दै त्यसपछि घरका अन्य सदस्यको दुव्र्यवहार र शारीरिक यातना खप्न नसकेर आफू माइतमै बस्न थालेको उहाँको भनाइ छ । माइतीको समेत आर्थिक अवस्था कमजोर रहेकी प्रमिला अहिले जिल्ला अस्पताल फिदिमको प्रसूति गृहमा हुनुहुन्छ । उहाँको हेरचाहका लागि कोही छैन । आमा पनि शारीरिक रूपमा अशक्त र बुबा पनि वृद्ध छन् ।

कक्षा आठमा अध्ययन गर्दा सिवा र लिम्बूबीच प्रेम सम्बन्ध सुरु भएर कक्षा ११ अध्ययन गर्दागर्दै उहाँहरुको अन्तरजातीय विवाह भयो । गर्भवती हुँदा सबैले बच्चा फाल्न आग्रह गरेपनि आफूले सन्तानलाई धर्ती देखाउने आशाले कसैको कुरा नमानेको उहाँले बताउनुभयो । 

गाउँपालिकामा सहयोगको याचना गर्न जाँदा गाउँमा पैसा उठाएर गर्भपतन गराउनु भन्ने जवाफ आएको उहाँको भनाइ छ । तर पनि बनी गरेर आफूले पेट पालेको र आमा बुबाको सेवा गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ–“मलाई नभएपनि छोरी हेर्न जसरी आउनुहुन्छ । छोरीको माया लाग्नुपर्ने हो । एकदिन छोरीको मुख हेर्न जसरी पनि आउनुहुन्छ ।” 

आफूले गर्भ परीक्षण गराउनसमेत पैसा नपाएको उहाँले बताउनुभयो । “भिडियो एक्सरे गराउन आठ सय रुपैयाँ नहुँदा गर्भको अवस्था थाहा पाउन सकिनँ तर, छोरी जन्माएँ । केही भएन, म खुसी छु”, उहाँ भन्नुहुन्छ, “अन्तरजातीय विवाह गरेकै कारण लिम्बूका फुपूहरुले दलित केटीसँग विवाह किन गरेको यसलाई छाडिदे हामी अर्की केटी खोजिदिन्छाँै भनेपछि मलाई छोड्नुभयो । छोरी जन्मिएकी छे, उसलाई हेर्न उसको बुबा जसरी पनि आउनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ