२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमती गर्भवती बनाएर श्रीमान्ले गरे अर्को विवाह , प्रमिलाको बिजोग

२०७६, २९ जेष्ठ बुधबार ०७:४७

जेठ २९, पाँचथर  । अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्षअघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गर्नुभएकी सिवाको लिम्बूले गर्भवती बनाएर अर्को विवाह गरेपछि बिचल्ली भएको हो ।

आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट मङ्गलबार पाँचथर अस्पतालमा छोरीको जन्म भएपछि सुत्केरी सिवाको हेरचाह गर्ने मान्छेसमेत नभएपछि उहाँको बिचल्ली भएको हो । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सिवालाई झुक्याएर श्रीमान्ले दोस्रो विवाह गरेपछि माइती थर्पुमा बस्दै आउनुभएकी उहाँलाई स्थानीय स्वयंसेविकाले जिल्ला अस्पतालसम्म ल्याइदिए । 

ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–४ को साप्लाखुमा विवाह गरे पनि श्रीमान् र सासू–ससुरासँगै झापाको काकडभिट्टामा बस्दै आएकी प्रमिलाले विवाहपछि श्रीमान्को घरपरिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुव्र्यवहार र शारीरिक यातना खेप्नुपरेको सिवाले बताउनुभयो ।

गएको पुस महीनामा श्रीमान्ले अर्कै केटीसँग दोस्रो विवाह गरेको र त्यसपछि आफूसँग सम्पर्कमा नरहेको भन्दै त्यसपछि घरका अन्य सदस्यको दुव्र्यवहार र शारीरिक यातना खप्न नसकेर आफू माइतमै बस्न थालेको उहाँको भनाइ छ । माइतीको समेत आर्थिक अवस्था कमजोर रहेकी प्रमिला अहिले जिल्ला अस्पताल फिदिमको प्रसूति गृहमा हुनुहुन्छ । उहाँको हेरचाहका लागि कोही छैन । आमा पनि शारीरिक रूपमा अशक्त र बुबा पनि वृद्ध छन् ।

कक्षा आठमा अध्ययन गर्दा सिवा र लिम्बूबीच प्रेम सम्बन्ध सुरु भएर कक्षा ११ अध्ययन गर्दागर्दै उहाँहरुको अन्तरजातीय विवाह भयो । गर्भवती हुँदा सबैले बच्चा फाल्न आग्रह गरेपनि आफूले सन्तानलाई धर्ती देखाउने आशाले कसैको कुरा नमानेको उहाँले बताउनुभयो । 

गाउँपालिकामा सहयोगको याचना गर्न जाँदा गाउँमा पैसा उठाएर गर्भपतन गराउनु भन्ने जवाफ आएको उहाँको भनाइ छ । तर पनि बनी गरेर आफूले पेट पालेको र आमा बुबाको सेवा गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ–“मलाई नभएपनि छोरी हेर्न जसरी आउनुहुन्छ । छोरीको माया लाग्नुपर्ने हो । एकदिन छोरीको मुख हेर्न जसरी पनि आउनुहुन्छ ।” 

आफूले गर्भ परीक्षण गराउनसमेत पैसा नपाएको उहाँले बताउनुभयो । “भिडियो एक्सरे गराउन आठ सय रुपैयाँ नहुँदा गर्भको अवस्था थाहा पाउन सकिनँ तर, छोरी जन्माएँ । केही भएन, म खुसी छु”, उहाँ भन्नुहुन्छ, “अन्तरजातीय विवाह गरेकै कारण लिम्बूका फुपूहरुले दलित केटीसँग विवाह किन गरेको यसलाई छाडिदे हामी अर्की केटी खोजिदिन्छाँै भनेपछि मलाई छोड्नुभयो । छोरी जन्मिएकी छे, उसलाई हेर्न उसको बुबा जसरी पनि आउनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश