२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विकट गाउँपालिकामा प्राविधिक शिक्षा : जहाँ पशुलाई झारफुक गरिन्छ

३ असार २०७६, मंगलवार ०५:०६

 असार ३, लमही । सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो । 

राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका सल्लाहकार जीवन गौतम र प्रदेश नं ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्राविधिक शिक्षाको उद्घाटन गर्नुभएको हो । 

त्यस अवसरमा सल्लाहकार शर्माले सरकारले एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुरुप राजपुरमा प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको बताउनुभयो । यस वर्षदेखि कक्षा ९ बाट पशु प्राविधिक शुरु भएको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर चौधरीले बताउनुभयो । यसलाई वर्षेनी निरन्तरता दिँदै कक्षा १२ सम्म पशु विज्ञान पढाउने उहाँको भनाइ छ ।

 उक्त विद्यायल गाउँपालिकाको एक मात्रै १०+२ सञ्चालन गर्ने विद्यालय भएकाले उक्त विद्यालयमा पशु विज्ञान पढाइ शुरु हुनु समग्र राजपुरका लागि ठूलो सफलता भएको समेत उहाँको भनाइ छ । “यस गाउँपालिकामा अहिलेसम्म एउटा पनि प्राविधिक शिक्षालय थिएनन्”, उहाँले भन्नुभयो, “तर अहिले हामीले सञ्चालनमा ल्याएका छौँ, यो राजपुर गाउँपालिकाका लागि ठूलो सफलताको विषय हो ।”  

प्राविधिक शिक्षा सञ्चालनमा आएपछि विद्यार्थी पनि खुशी भएका छन् । “यसअघि प्राविधिक शिक्षा पढ्नका लागि कि त लमही कि घोराही जानुपथ्र्यो”,’ छात्र सञ्वत यादवले भन्नुभयो, “अब भने गाउँमै प्राविधिक शिक्षा पढ्न पाइने भयो ।” शुरुआतमा  ३६ छात्र र १९ छात्रा गरी ४५ ले पशु विज्ञान अध्ययन गर्न पाउने विद्यालयकी प्राविधिक संयोजक सन्तोषी चौधरीले बताउनुभयो । विसं २०६७ मा उक्त विद्यालयले १०+२ सञ्चालनमा ल्याएको थियो ।

 त्यस अवसरमा प्रदेशसभा सदस्य शर्माले उक्त प्राविधिक शिक्षाको विकासका लागि प्रदेशबाट पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो । 

‘पशुलाई झारफुक गरिन्छ’

राजपुर गाउँपालिकामा यादव र चौधरी समुदायको बाहुल्य छ । यहाँ प्रत्येक घरमा दुईदेखि ५०÷६० सम्म भैँसीपालन गर्ने गरिन्छ । सोही क्षेत्र भैँसीपालनका लागि पनि पकेट क्षेत्र मानिन्छ । तर कुनै कारणवश भैँसी बिरामी परेमा भैँसीलाई झारफुक गर्ने चलन छ । केही महीनाअघि मात्रै राजपुरमा भैँसीमा भ्यागुते रोग देखियो ।

त्यतिबेला पनि झारफुककै भरपर्दा त्यहाँका करीब ३० भैँसी मरेका थिए । “भैँसीमा भ्यागुते रहेछ, यहाँका नागरिकले रोग देखापरेपछि झारफुक गर्न थाले” स्थानीय बुद्धिजीवी बिन्तुराम यादवले भन्नुभयो, “त्यसैले ३० भन्दा बढी भैँसी मरे ।” यहाँ पशु प्राविधिकसम्बन्धी ज्ञान नहुँदा पशुमा जुनकुनै रोग लाग्दा पनि यसरी नै झारफुक गर्ने गरेको उहाँको भनाइ थियो । तर अब पशु विज्ञान सञ्चालनमा आएपछि भने यो समस्या अन्त्य हुने उहाँको विश्वास थियो । 

पशु बिरामी परे पनि त्यसका लागि कि त गढवाबजार कि लमही बजार जानुपर्ने अवस्था छ, यसले गर्दा पनि समस्या हुने गरेको सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीले बताउनुभयो । “नजिकमा पशु प्राविधिक हुँदैनथिए”, उहाँले भन्नुभयो, “त्यसैले यहाँका किसान झारफुकमा भर पर्ने गरेका थिए ।” राजपुरमा उत्पादन भएको दूध दाङको लमही, घोराही, तुलसीपुर, भालुवाङलगायतका बजारमा जाने गरेको छ ।

न्यायिक समितिमा बढ्दै उजुरी 

तुलसीपुर उपमहानगरपालिका–६ की ५८ वर्षीया मैती चौधरी आजभोलि निकै खुशी हुनुहुन्छ । उहाँलाई आफ्नै छोराबुहारीले विगत केही वर्षदेखि घरमा बस्न नदिएर निकै तनावमा हुनुहुन्थ्यो । उहाँ कहिले आफन्तसँग त कहिले छोरीको घरमा बस्दै आउनुभएको थियो ।

स्थानीयवासीले आफ्नै छोराबुहारीले गरेको दुव्र्यवहार देखेपछि तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा जान सल्लाह दिए । उहाँले समितिमा गएर आफ्ना सबै कुरा राख्नुभयो । छोराबुहारी दुवैलाई बोलाएर छलफल गराएपछि उनीहरु दुवैले आफूहरुबाट गल्ती भएको र अब त्यस्तो नगर्ने भनेर घरमा ल्याए । “अहिले खानलाउन पनि दिएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले अहिले घरमा नाति हेरर बस्छु, छोराबुहारीले मजदुरी काम गर्छन्, अहिले खुशी छु ।” 

तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा यस आर्थिक वर्षको हालसम्म कूल ९२ उजुरी दर्ता भएका छन् । न्यायिक समितिका संयोजक तथा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले साउनदेखि जेठ ३० गतेसम्म ९२ उजुरी आएको बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा आएका उजुरीमध्ये ६६ फछ््र्योट भएका छन् भने बाँकी २६ उजुरी अध्ययनका क्रममा छन् ।

न्यायिक समितिमा आउने मुद्दामा सबैभन्दा बढी खानलाउन नदिएको, घरभाडा, ज्यालामजदुरी, जग्गा विवाद, बाटोघाटो, घरायसी झैझगडा, कुलोपानी, खेतीपाती नोक्सानीलगायतका रहेको न्यायिक समितिका सदस्य जानुका रेग्मीले जानकारी दिनुभयो । “विवाद लिएर नागरिक न्यायिक समितिमा उजुरी लिएर आउनुहुन्छ, हामीले दुवै पक्षलाई राखेर मेलमिलाप नीतिबाट मुद्दा मिलाउने गरेका छौँ, दुवै पक्ष यहाँबाट खुशी भएर जाने गर्नुहुन्छ”, संयोजक आचार्यले भन्नुभयो ।

उपमहानगरपालिकामा छुटै इजलास कक्ष, विज्ञ कर्मचारी भएका कारण आफूहरुलाई काम गर्न सजिलो भएको आचार्यले बताउनुभयो । बाँकी रहेका प्रायः सबै मुद्दा प्रक्रियागत रहेको र छिट्टै टुङ्गिने बताउनुहँुदै उपप्रमुख आचार्यले भन्नुभयो, “हामीले अत्यन्तै चुनौतीपूर्ण तथा संवेदनशील काम गर्नुपर्छ, गम्भीरताका साथ चुनौतीलाई पनि अवसर मानेर काम गरिरहेका छौँ ।” संयोजक आचार्यले न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ तथा तुलसीपुर उपमहानगरपालिकाको मेलमिलापसम्बन्धी कार्यविधि, २०७५ पनि पारित भई कार्यान्वयनमा रहेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा