२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिको : प्रेसको लागि विश्वकै खतरनाक देश

२०७६, ३ असार मंगलवार १०:४६

 असार ३ । मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ ।

नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा उल्लेख गरिएको छ ।

यहाँका लोकप्रिय यी नेताले सेवा प्रवाह र सञ्चार माध्यमसँगको सम्वन्धमा आमुल परिवर्तन गर्ने भन्दै गत डिसेम्बरमा उहाँले  कार्यभार सम्हाल्नुभएको थियो ।  

उहाँका पूर्वपर्ती इन्रीक पेना निएटोले कहिल्यै पनि पत्रकारहरुको प्रश्नको जवाफ दिनुहुदैनथ्यो । तर ६५ वर्षीय लोपेजले हरेक हप्ताको अन्तिम दिन विहान सात बजे पत्रकार सम्मेलन आयोजना गर्ने गर्नुभएको छ । 

तर पनि पत्रकार सम्मेलनमा पनि पत्रकारका प्रश्नको जवाफ भने नदिने गर्नुभएको पत्रकारहरको गुनासो छ । यतिमात्र नभएर उहाँले पत्रकारहरुलाई अपमान गर्ने गर्नुभएको गुनासो पनि पत्रकारहरुको छ । 

उनीहरुका अनुसार देशका राष्ट्रपतिको पत्रकारलाई गर्ने गरिएको यो अपमान पनि प्रेसमाथिको हिंसाका लागि प्रेरक बनेको छ ।  

उहाँ पत्रकारहरुप्रति निरंकुश बन्दै जानुभएको र पत्रकारहरुलाई निगरानीमा राख्ने, आलोचना गरेमा त्यस सञ्चारमाध्यमलाई तारो बनाउने जस्ता कामहरु पनि उहाँबाट भएका प्रेस जगतको भनाई छ । यसका साथै उहाँले देशको एक लोकप्रिय पत्रिका “रेफोर्मा” विरुद्ध पनि पटक पटक आक्रमण गर्दै आउनु भएको तथा पत्रकारहरुलाई बरम्बार धम्की दिने गरेको बताइन्छ । 

मेक्सिको पत्रकारका लागि यसअघि पनि खतरापूर्ण रही आएको छ । सन् २००० देखि आजसम्म यहाँ १०० जनाभन्दा बढी पत्रकारको ज्यान गएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन