२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

२०७६, ४ असार बुधबार १२:३५

असार ४,  काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गर्नुभयो ।

“राष्ट्रसेवकको मूल्याङ्कन उसले दिने परिणामबाट मात्र हुन्छ, परिणाम निस्कने गरी काम गर्नुहोस्, सशस्त्र प्रहरीलाई राज्यले दिएको जिम्मेवारीअनुरुप शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापनका साथै सीमा क्षेत्रमा हुने तस्करी, राजस्व चुहावटमा विशेष ध्यान दिनुहोस्”, गृहमन्त्रीले भन्नुभयो ।

प्रदेशको विशिष्टताअनुसार नयाँ कार्ययोजनाका साथ अघि बढ्न आग्रह गर्दै गृहमन्त्री थापाले जनतासँगको सम्बन्ध सुमधुर राख्नसमेत सुझाव दिनुभयो । गृहसचिव प्रेमकुमार राईले गृह प्रशासन सुधार कार्ययोजना, मन्त्रालयको नीतिनियम, निर्देशन, सङ्गठनको कार्ययोजनाअनुुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मनसुन शुरु हुन लागेकाले कार्यक्षेत्रमा जानासाथ आफ्नो प्रदेशको विपद् व्यवस्थापनका लागि आवश्यक योजना बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा