२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेपत्ताहरु नभेटिँदा कुश र परालको प्रतिमा बनाई अन्त्येष्टि

२०७६, ६ असार शुक्रबार ०३:०३

असार ६, हुम्ला । सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए ।

असार २ गते भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरु तीन दिनसम्म पनि पत्ता नलागेपछि बिहीबार आफन्तले पराल र कुशको प्रतिमा बनाई हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरेका छन् । काठमाडौँ थानकोटका राजु श्रेष्ठ र उनका साथी नाम नखुलेका एकजनाबाहेक नौ जनाको अन्त्येष्टि गरिएको हो । 

बेपत्ता भएकाहरु नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौंडानजिकै खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जिप चालक मणि शाहीको पाइन्ट, जुत्ता र माक्स भेटिएको छ ।

बेपत्ताको खोजीका लागि काठमाडौँको गोताखोर टोली हुम्ला पुगेको छ । गोताखोरले पनि कर्णाली नदीमा केही नभेटेपछि बेपत्ता भएकाहरुका आफन्तले पराल र कुसको प्रतिमा बनाई अन्त्येष्टि गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा जनकबहादुर शाहीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा