२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मिस नेपाल यु.एस. विजेता प्रियंकाद्धारा मन्थली उमाविलाई १ लाख सहयोग

२०७२, २० पुष सोमबार १४:५५

ramechhap news

प्रज्वल पौडेल । पौष
२०, रामेछाप ।
रामेछाप सदरमुकाम मन्थली स्थित मन्थली उच्च माध्यामिक विद्यालय रामेछापका
विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमका विच छात्रबृत्ति वितरण गरिएको छ ।

नेपाल अमेरिका फाउण्डेसनको सहयोगमा विद्यालयलाई मिस नेपाल यु.एस. २०१५ कि विजेता प्रियंका
थपलियाले १ लाख बराबरको छात्रबृत्ति उपलब्ध गराएकि हुन् । कार्यक्रममा प्रमुख आथित्यता ग्रहण गर्दै
प्रियंका थपलियाले आफू विजेता हुनु अगाडिका विभिन्न चरणमा सोधिने प्रश्नमा आफूले बालबालिकाको क्षेत्रमा,
समाजसेवामा लाग्ने उद्घोष गरेकोले दलित, आर्थिक रुपमा विपन्न विद्यार्थीलाई सहयोग गरेको बताइन् ।
थपलियाले अहिले आपूm विद्यालयको अवस्थाको बारेमा बुझ्नमात्र आएको र शैक्षिक सामाग्रीको सहि सदुपयोग र
परिणाममुखि नतिजा आए आफ्नो टीमसँग छलफल गरेर आगामी दिनमा थप यस्ता सहयोगका कार्यक्रम गर्ने प्रतिबद्धता
जनाइन् ।

PRIYANKA MANTHALI

त्यसैगरी मन्थली
शहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठले विद्यालयका पूर्व विद्यार्थी
एवम् मिस नेपाल युएसका संचालक समितिका निर्देशक शैलेन्द्र श्रेष्ठ पहलमा मिस नेपाल विजेता प्रियंका
थपलियाले विद्यालयमा सहयोग गरेकोमा धन्यवाद दिए । उनले सामूदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको
पारिवारिक अवस्था कमजोर हुने भएकाले यस्ता सहयोग शैक्षिक स्तर उकास्न मद्दत पुगेको धारणा राखे ।
विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न आफूहरुले सहयोगी दाताहरुको खोजि गरिरहेको समेत बताए । कार्यक्रममा
विद्यालयका ३७ जना विद्यार्थीलाइ पोषाक, झोला, जुत्ता, पुस्तक, कापी, कलम उपलब्ध गराइएको थियो

priyanka hastantarn bag

न्युयोर्कमा सम्पन्न ५ औं मिस नेपाल युएस २०१५ प्रतियोगितामा प्रियंका थपलिया उत्कृष्ट १०
सहभागीलाई उछिन्दै विजयी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन