२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारीभन्दा सस्तो मूल्यमा रेडियोलोजी सेवा शुरु

२०७६, ९ असार सोमबार १२:४४

असार ९, काठमाडौँ । मेट्रो रेडियोलोजी एण्ड इमेजिङ प्रालि (एमआरआई सेन्टर) ले सरकारी दरभन्दा सस्तोमा रेडियोलोजी सेवा उपलब्ध गराउन शुरु गरेको छ । 

विसं २०५६ देखि रेडियोलोजीअन्तर्गतका एक्सरे, अल्ट्रासाउण्ड, सिटी स्क्यान र एमआरआई सेवा निजीस्तरबाट उपलब्ध गराउँदै आएको थियो । सेन्टरका प्रशासकीय अधिकृत रवीन बस्न्यातले एमआरआई सेवा रु सात हजार, सिटी स्क्यान दुई हजार ६०० देखि रु नौ हजार १०० सम्म, अल्ट्रासाउण्ड रु ८००, मेमोग्राफी रु एक हजार ५०० र डेन्टल ओपिजी ९०० मा उपलब्ध गराउन शुरु गरिएको जानकारी दिनुभयो ।

ती सेवाको दर सरकारी अस्पतालले प्रदान गर्ने दर भन्दा सस्तो रहेको बताइएको छ । सेन्टरका गतिविधिका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले रेडियोलोजी सेवा नाफामूखीभन्दा गरीब जनताको सेवाभावले सञ्चालन भएको जानकारी दिनुभयो । न्याम्सअन्तर्गतको वीर, त्रिविवि शिक्षण, निजामती लगायतका अस्पतालमा अहिले पनि विशेष गरी एमआरआई सेवा लिन बिरामीले कम्तिमा एक हप्ता पालो कुर्नुपर्ने बाध्यता छ । 

“बिरामीले आफूले चाहेका समयमा तत्काल रेडियोलोजी सेवा उपलब्ध गराउनु हाम्रो ध्येय छ । बिहान सेवा लिनेलाई साँझ र साँझ सेवा लिनेलाई भोलिपल्ट बिहान रिपोट दिन्छौँ । यहाँ आएपछि पालो कुरिरहनु पर्दैन”, बस्न्यातले भन्नुभयो । सेन्टरमा रेडियोलोजिष्ट प्रा डा निर्मल न्यौपाने, प्रा डा रिन्की न्याछ्यो, प्रा डा शर्मा पौडेललगायत चिकित्सकले सेवा प्रदान गरिरहनुभएको छ । 

उहाँहरु चिकित्सा अध्ययन संस्थानबाट रेडियोलोजीमा एमडी प्राप्त चिकित्सक हुनुहुन्छ । सो विषयमा स्वर्णपदक विजेता प्रा डा न्यौपानेले यहाँको रेडियोलोजी सेवा सरकारी दरको भन्दा सस्तो रहेको जानकारी दिँदै बिरामीलाई आफूले चाहेको सयममा सेवा दिन सेन्टर सफल रहेको दाबीसमेत गर्नुभयो । 

पछिल्लो समय अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआई तथा पेट स्क्यान उपकरणको आविष्कारसँगै रेडियोलोजी सेवाले फड्को मारेको छ । अस्पतालमा सेवा लिन जाने बिरामीको आवश्यकतानुसार प्रारम्भिक परीक्षण मुख्यतया एक्सरे जाँचबाट हुन्छ । हाड जोर्नी भाचिएका, छातिमा संक्रमण आदिको परीक्षणमा एक्सरे जाँचले प्रारम्भिक समस्याको पहिचान गर्न सहयोग पुग्ने चिकित्सकले जनाएका छन् । 

रेडियोलोजिष्ट प्रा डा न्यौपानेका अनुसार अल्ट्रासाउण्ड अति सुक्ष्म ध्वनिको प्रयोगबाट शरिरको अङ्गमा जाँच गर्ने आधुनिक उपकरण हो । गर्भाअवस्थादेखि भ्रण, सुत्केरी अवस्थासम्म आमा तथा नवजात शिशुको समस्या पहिचान, पेट, स्तन लगायतको अल्ट्रासाउण्डबाट रोगको पहिचान गर्न सजिलो हुन्छ । 

सिटी स्क्यानले विशेष गरी चोटपटक (ट्रमा)का समस्या पहिचान गर्न सजिलो हुन्छ । मस्तिष्कमा रगत जमेमा, हड्डी तथा करङ भाचिएको तुरन्त पत्ता लगाउन यही उपकरणको सहयोग लिइन्छ । “पेट तथा छातिको रोग निदान गर्न भरपर्दाे  माध्यम सिटी स्क्यान नै हो । धमनीसम्बन्धी रोग, टाउकोको क्यान्सर पत्ता लगाउन यसले सहयोग गर्छ”, उहाँले भन्नुभयो । 

यसैगरी चुम्बकीय शक्तिबाट सञ्चालन हुने अति उच्चस्तरको प्रविधिका रुपमा रहेको एमआरआईको सहायताले स्नायु, मेरुदण्ड, हाडजोर्नीलगायत रोग पहिचान गर्न यसको प्रयोग हुन्छ । यसको सहयोगले नरम तन्तु स्पष्ट देखाउछ । “हामीले पछिल्लो समय दक्षिण एशियाकै उत्कृष्ट एमआरआई उपकरणबाट सेवा दिइराखेका छौँ”, प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा