२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

कृषिलाई व्यवसाय बनाउन दीर्घकालिन योजना बनाउछौ: कृषि विकास कार्यालय रामेछाप

१९ पुष २०७२, आईतवार ०३:३७

प्रज्वल पौडेल/ पुस, रामेछाप ।
जिल्ला कृषि विकास कार्यलय रामेछापले कृषिलाई व्यवसाय बनाउन दीर्घकालिन योजना बनाउन थालिसकेको
बताइएको छ । जिल्लामा ५ वटा विषयवस्तुलाई महत्वका साथ लिएर अगाडि बढ्ने कृषि बिकाश कार्यालयको योजना छ ।
जिल्ला विकास समितिको हलमा रेडियो रामेछापले आयोजना गरेको कार्यक्रम साझा चासोमा बोल्दै कृषि विकास
अधिकृत राजेन्द्रकुमार मल्लले यस्तो बताएका हुन् । उनले रामेछापलाई जुनारको जिल्ला भनेर देशभर चिनिने
भएकाले जुनार खेतिलाई बढि जोड दिदै टनेलमा तरकारी खेती, अलैची, किवी, अनारलाई व्यवसायीक बनाउन लागिएको
बताए । मल्लले रामेछापमा अहिले वीउ उत्पादन गर्ने स्टोर, वीउ वीजन, तरकारी खेती गर्न प्लाष्टिक टनेलको
माग बढेको बताए ।

त्यसैगरी नेपाल ग्रामीण पुन ः निर्माण संस्थाका जिल्ला संयोजक होमराज विसूरालले
आफुहरुले सञ्चालन गरेको कामको कार्यलाई बिभिन्न निकायलाई अवलोकन गराउने गरेको बताए । आफूले सञ्चालन
गरेकोे कार्यक्रममले रामेछापका गेलु, चिसापानी,फुलासी,डडुवा र टोकरपुर बासीको जिविकोपार्जनमा सहयोग
पुगेको दावी विसुरालले दावी गरे ।

उनले गैरसरकारी सस्थाहरुलाई बिकटमा जान सरकारले बाध्य पार्ने
गरेको आरोप लगाउदै सुगम ठाउँमा आफुहरुलाई काम गर्न दिने हो भने झनै धेरै किसानहरुलाई राहात मिल्ने धारणा
राखे ।
त्यसैगरी उषा किरण महिला कृषि सहकारी संस्थाका अध्यक्ष दीपशिखा दाहालले सहकारीले उत्पादन
गरेको वीउ विजन जिल्ला कृषि कार्यलय मार्फत जिल्ला अन्य कृषक सामू पु¥याइरहेको बताइन् । उनले ग्रामिण
भेगका किसानहरलाई बजारको अभाब रहेको बताइन् । किसानले उत्पादन गरको कुराहरुले बजार नपाउदा बिचौलीयाहरुले
खेल्न पाएको बताउनुहुदै उनले यस्ता गतिबिधि रोक्नका लागी सहकार्यको आवश्यकता रहेको धारणा राखिन् ।
कार्यक्रममा सहभागीहरु कृषकलाई पर्ने गरेको समस्या, जिल्ला कृषि विकास कार्यलयले भुकम्प पछि गरेका कार्य
र आगामी योजना सम्बन्धी जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव