२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

पुल बगाएपछि सवारीसाधनलाई म्यार्दीखोला बाधक बन्यो

२०७६, १२ असार बिहीबार ०२:२५

 जनक श्रेष्ठ,  असार १२, लमजुङ । लमजुङ–मनाङ आवतजावत गर्ने एक मात्र बेँसीशहर चामे सडकखण्डमा पर्ने म्यार्दीखोलामा रहेको मोटरेवल पुल बगाएपछि सवारीसाधनलाई म्यार्दीखोला बाधक बनेको छ । लमजुङ–मनाङको सिमानामा रहेको सो पुल आइतबारको बाढीले बगाउनुका साथै खोलामा गहिरो गल्छी बनाइदिएपछि सवारीसाधन तर्नसक्ने अवस्था छैन ।

पुल निर्माण हुनुअघि हिउँदमा र पानीको बहाव सानो भएको बेलामा खोलाबाटै सवारीसाधन तार्ने गरिएकामा खोलो गहिरिएकाले अहिले सवारीसाधन वारि र पारि नै रहेको बेँसीशहर चामे सडकखण्डका जिप चालक सोमबहादुर मजाकोटीले बताउनुभयो । गत वर्षबाट निर्माण सम्पन्न गरी सवारीसाधन सञ्चालनमा आएको २४ दशमलव ३८ मिटर र नौ मिटर चौडाइको पुल बगाएको छ । पुल निर्माण हुनुअघि काठेपुलबाट समेत सवारीसाधन गुड्ने गरेको थियो । 

उक्त खोलाबाट सवारीसाधन तर्नसक्ने कुनै सम्भावना नरहेको ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रहरी जवान लालकिरण शारुले बताउनुभयो । उहाँले भन्नुभयो, “लमजुङको बेँसीशहरबाट च्याम्चेसम्म र मनाङको चामेदेखि तालसम्म मात्रै सवारीसधान चल्ने गरेको छ ।” 

सवारीसाधन चल्न नसक्दा लमजुङ–मनाङ आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् । सवारीसाधनबाट च्याम्चेमा ओर्लिएर तालसम्म करीब एक घण्टा पैदल यात्रा गर्न बाध्य हुँदै आएको च्याम्चेका स्थानीयवासीको भनाइ छ । त्यति मात्रै नभई मनाङका स्थानीयवासी बिरामी भएर बेँसीशहर हुँदै काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा लैजानुप¥यो भने समेत समस्या हुने देखिन्छ । 

सडक सञ्चालन भएदेखि कहिले काठेपुल त कहिले खोलाबाटै सवारीसाधन तार्दै आएका चालकले यस वर्षको बर्खायामबाट सवारीसाधन पक्की पुलबाट गुडाउन पाउने सपना देखेपनि सपनामै सीमित भएको बेँसीशहर चामे सडकमा सवारी चलाउँदै आउनुभएका चालक अमर घिमिरेले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा पुल नहँुदा हिउँदको समयमा पानी कम हुनेभएकाले सवारीसाधनलाई खोला तर्न केही सहज भए पनि बर्खायाममा हल्का पानी पर्दासमेत सवारीसाधन ठप्प हुन्थ्यो, चालकदेखि यात्रुले विगतमा भोग्नुपरेको यस्तो समस्या फेरि उत्पन्न भएको छ ।” 

बेँसीशहर–चामे सडक हेर्ने सडक डिभिजन कार्यालय दमौलीका साइट इन्चार्ज सवइञ्जिनीयर ठाकुरप्रसाद भण्डारीले भन्नुभयो, “तत्काल सवारीसाधन गुड्ने कुनै सम्भावना छैन ।” सो पुलको दुई पिलर र दायाँ भागको आठ मिटर एप्रोजरोड मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँसहित काठमाडौँबाट आउनुभएका हुलाकी स्कूल बेलिब्रिजका डिजाइनर उद्धव रानामगरले बुधबार सो पुलको अनुगमन गर्नभएको थियो । अस्थायीरूपमा पुलको मर्मत गरी सवारी गुड्नसमेत करीब तीन हप्ता लाग्ने इञ्जिनीयर भण्डारीको भनाइ छ । पुलको मर्मत कार्य केही दिनमै अघि बढाउने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङतर्फको भागमा भन्दा लमजुङतर्फको भागमा बाढीले बढी क्षति पु¥याएको छ ।

हिमालपारिको जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौलीले सडक निमार्ण गर्न शुरु गरेको थियो । तर पछि जनयुद्ध र अन्य विभिन्न कारणले तत्कालीन नेपाली सेनाले सो सडक विसं २०५७ बाट बनाउने जिम्मा पायो । तत्कालीन सेनाले शान्ति प्रक्रियापछि मात्रै सडक निमार्णकार्यलाई निरन्तरता दियो । सेनाले बाँदरसमेत लड्ला जस्तो जोखिमपूर्ण भीरलाई ज्यानको बाजी राखेर सडक निमार्ण गर्न सफल भयो । सो सडक विसं २०६९ मा निर्माणकार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेसँगै सञ्चालन भएदेखि दैनिक सो सडकखण्डमा ३५ सवारीसाधन चल्ने गर्दछ । लमजुङ मनाङको सिमानामा रहेको उक्त पुल बेँसीशहरबाट ३५ किलोमिटर र चामेबाट ३० किलोमिटर गरी बेँसीशहर–चामे सडक ६५ किलोमिटरको दूरी छ ।

विषेशगरी बर्खायाममा वर्षेनी उक्त दूरी पार गर्नलाई कहिले पहिरो त कहिले खोला बढेर सवारीसाधन रोकिनुपर्दा धेरै समस्या हुने गरेको सो मार्ग चलाउने चालकले बताएका छन् । चालक भन्छन्, “यतिमात्रै होइन हाम्रो ज्यानै जाने हो कि भन्ने त्राससमेत हुने गरेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा