2026-07-10 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा सुई आतंक मच्चाउने पक्राउ

2019-06-28

असार १३, काठमाडौँ  |  काठमाडौँको विभिन्न स्थानमा महिला माथि सुइ आक्रमण गरि आतंक मच्चाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ | 

महानगरीय प्रहरी परिसर, काठमाडौँले काठमाडौँको स्वयम्भू र सोह्रखुट्टे एरियामा युवतीहरुलाई जथाभावी सुई घोच्दै हिँडने रामेछापका सन्तोष कार्कीलाई बिहीबार राति १० बजेतिर महाराजगञ्जबाट पक्राउ गरी शुक्रबार बिहान पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

पीडित युवतीहरुले दिएको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन्  ।

उनी काठमाडौँको महाराजगञ्जमा आफ्नै दाजुसँग मिलेर रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् |  बेलुका ९  बजेतिर आफ्नो रेष्टुरेन्टबाट फर्कने क्रममा स्वयम्भू र सोह्रखुट्टे क्षेत्रमा एकान्तमा भेटिएका महिलाहरुमाथि काठको छेस्को वा धलौटको काटीले घोच्ने गरेको उनको प्रारम्भिक बयानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

उनले प्रयोग गर्दै आएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

केही दिन अघिदेखि विभिन्न समाचार माध्यम र सामाजिक सञ्जालमा समेत यो घटनाले सनीसनी मच्चाएपछि प्रहरीले पीडित युवतीको उजुरीको आधारमा खोजतलासको कामलाई तीव्रता दिएको थियो ।यस घटनामा हालसम्म कार्कीको मात्रै संलग्नता रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो