२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

एमाले विना अरु पार्टीले मूलुक सम्हाल्न सक्दैन : श्रेष्ठ

२४ पुष २०७२, शुक्रबार २०:४९

UML Ramechhap
प्रज्वल पौडेल । पुस २५, रामेछाप । नेकपा एमाले सैपु गाउँ कमिटि
रामेछापको साँतौ गाउँ अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिबेशनको नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य
देवशंकर पौडेलले उट्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन
गर्दै उहाँले नेपालि जनतालाई नाकाबन्दी गरेर भारतले आफ्नो औकात देखाएको बताउनुभएको छ । पौडेलले
भुकम्पपछि राहातको नाममा भारतले केहि हेलिकप्टर गाउँमा घुमाएपनि स्वार्थको भावना रहेछ भन्ने कुरा
नाकाबन्दिबाट स्पष्ट भएको बताउनुभयो । यस्तै एमाले जिल्ला कमिटि रामेछापका सचिब आनन्द श्रेष्ठले जनताको
सामाजिक आर्थिक समृद्धिलाई उकास्न एमालेले मात्र सक्ने दाबि गर्नुभएको छ । राज्यको नयाँ पुर्नसंरचना
अनुसार एमाले पार्टी अगाडि बढिरहेको भन्दै नेता श्रेष्ठले एमाले विना अन्य पार्टीले मूलुकको बागडोर
समाल्न नसक्ने धारणा राख्नुभयो । स्थानीय स्तरमा उत्पादन हुने श्रेष्ठले खाध्य उत्पादन, उद्योग धन्दालाई
निर्यात गर्ने बाताबरण सिर्जना गर्नुपर्ने बताउदै श्रेष्ठले स्थानिय स्तरमा केन्द्रीत कार्यक्रम, आर्थिक
समृद्धिका लागि आधुनिक र ब्यबसायिक कृषि प्रणालिलाइ जोड दिनुपर्ने धारणा राख्नुभयो ।

uml Ramechhap 2

त्यसैगरि कार्यक्रममा स्थानिय
नेताहरुले बिजुलिकोट गाबिसका स्थानिय बासिन्दाले सैपु –दिलौरी सडक खुलाउन नदिएको भन्दै चर्काे आलोचना
गरेका छन् । उनीहरुले सडक सुचारु गर्न प्रशासनले सहयोग नगरेको गुनासो गरेका छन् । कार्यक्रममा काङग्रेस
तथा एमाओबादिका करिब ३ दर्जन कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

यसैविच दुर्गाप्रसाद पौडेललको अध्यक्षतामा २५ सदस्यीय नयाँ गाउँ कमिटि गठन भएको छ । कमिटिको
उपाध्याक्ष बेदबहादुर पौडेल र प्राप्ती सुनुवार ,सचिव टीका बहादुर कार्की र सहसचिवमा छविरमण निरौला
रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव