२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आत्मसमीक्षा लागि पत्रकारिताका अध्यापक तथा सम्पादकको जोड

२०७६, १५ असार आईतवार ०८:२०

असार १५, काठमाडौँ | विभिन्न सञ्चारमाध्यमका प्रमुख, सम्पादक तथा पत्रकारिताका अध्यापकले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र विश्वसनीय बनाउन नियमितरुपमा आफ्ना प्रकाशित सामग्रीको समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले आज आयोजना गरेको ‘नेपाली पत्रकारितामा व्यावसायिक अभ्यास’विषयक छलफल कार्यक्रममा पत्रकारिता क्षेत्रले आफ्ना कमजोरी पहिल्याउने, सच्याउने, सत्यतथ्य खुलासा गर्ने र धर्र्म नछाड्ने हो भने पाठकप्रतिको इमान्दारिता हुनेमा जोड दिइएको हो । 

उक्त विभागका प्रमुख चिरञ्जीवी खनालले पत्रकारिता शिक्षा, यसको अध्यास र पाठकको प्रतिक्रियामा आधारित भएर निरन्तर छलफलको शृङ्खला चल्नुपर्ने बताउँदै पत्रकारिताका अभ्यासकर्ता पनि आत्मसमीक्षाका लागि तत्पर भइरहनु सकारात्मक हुने जनाउनुभयो । 

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष श्यामल अधिकारीले गल्ती गरिरहने तर नसच्चिनेका लागि यस्ता छलफल महत्वपूर्ण अवसर हुने जनाउँदै पत्रकारिता क्षेत्र धमिलो हुनामा यस क्षेत्रका गुरु वा प्रशिक्षक पनि जिम्मेवार रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले पत्रकारको सङ्ख्या बढ्दो तर पत्रकारिताको गुणस्तर घट्दो छ । मूलधारका कतिपय सञ्चारमाध्यमले समाजका सरल कथालाई जटिल बनाउँदै लगेका छन् । पत्रकारले व्यापारलाई सबैभन्दा ठूलो शक्ति ठानेर मालिकको कामदारका रुपमा काम गरिरहेका छन् ।” 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले पत्रकारिता विभिन्न व्यवसाय र राजनीतिक दलमा प्रयोग हुने कार्ड हुन थालेको जनाउँदै सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम् पारिश्रमिकका विषयमा ठूला दैनिकले नै असन्तुष्टि जनाउनु आश्चर्यजनक भएको बताउनुभयो । 

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले नेपाली पत्रकारिता विगतको राजनीतिक मिसनबाट बाहिर आउन खोजे पनि व्यापारिक मिसनबाट मुक्त हुन नसकेको जनाउँदै लोकतन्त्रमा सरकारले प्रेसमाथि नियन्त्रण गर्न नसक्ने बताउनुभयो ।

पत्रकारिताका गुरु लालदेउसा राईले पत्रकारले आफ्नो आचारसंहिता कहिले नाँघ्न नहुनेमा जोड दिनुभयो । पत्रकारिताका अध्यापक पी खरेलले सञ्चारमाध्यममा आफ्ना सामग्रीको नियमित समीक्षा हुनुपर्ने र सञ्चार सामग्रीबारे अनुसन्धानमूलक जर्नल प्रकाशन हुनुपर्ने सुझाव दिनुभयो । उहाँले कुनै पनि पक्ष वा शक्तिको प्रभावका आधारमा लेखिएका समाचार प्रयोग नहोस् भन्नेतर्फ सम्पादक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

अर्का प्राध्यापक प्रबलराज पोखरेलले सञ्चारमाध्यमले सार्वजनिक जनचासोका विषयलाई न्याय गरिरहेका छौँ कि छैनौँ भन्ने समीक्षा हुनुपर्ने बताउनुभयो । कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्लेले भन्नुभयो, “पत्रकार कुनै पनि पार्टी निकट हुनु दण्डनीय होइन, यहाँ जति कतै छैन भनेर अपारदर्शीरुपमा सञ्चारको दुरुपयोग भइरहेको छ । हाम्रा कमीकमजोरी औँल्याइदिएमा हामी खुशी हुनुपर्छ ।”

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले लगानी वा स्वामित्व जस्तोसुकै भए पनि पत्रकारिताको आधारभूत पक्ष उही हुने भएकाले त्यसको अभ्यास गर्दा जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले पत्रकारिताले शक्ति र सत्तामाथि प्रश्न गर्न सक्नुपर्ने र आफूमाथि उठेका प्रश्नमा इमान्दार भई सामना गर्न सक्नुपर्ने जनाउँदै सत्यतथ्यलाई इमान्दारिताका साथ पस्कनुपर्ने बताउनुभयो ।

रेडियोकर्मी रघु मैनालीले पत्रकारिताले संविधानमा विशेष अधिकार माग्ने अनि व्यवहारमा भोजनअनुसारको भजन गाउने हो भने जनताका लागि के फाइदा भयो भन्ने प्रश्नका आधारमा समीक्षा गर्न आग्रह गर्नुभयो । 

छलफलमा नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक कपिल काफ्ले, राजधानी दैनिकका सागर पण्डित, पत्रकार विनोद भट्टराई, जगदीश पोखरेल, प्रतीक प्रधान, अखिलेश उपाध्याय, टीकाराम यात्री, राजु सिलवाल, विश्वविद्यालयका मानवशास्त्र, कानून, लैङ्गिक र भूगोललगायत विभिन्न केन्द्रीय विभागका प्रमुख सहभागी हुनुहुन्थ्यो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु