११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यात्रा संस्मरण मालिका मेलाका

१० मंसिर २०७२, बिहीबार ०६:३३

kurgha mela11प्रेम सुनार/मङ्सिर १०, गुल्मी । भुवाचिदीका ज्ञानहरी दाईले हरेक वर्षको बैकुष्ठ चर्तुदशीका दिन लाग्ने कुर्घा भुवाचिदीको मालिका मेलामा आउने निम्तो दिन कहिल्लै विर्सनु हुन्न । यसपालि आफु पनि पनि मलाई छुटाउनु भएन र म त्यहाँ पुगेको थिएँ ।

दिनैभरी भुवाचिदीमा भएको प्रथम मालिका महोत्वको रौनक नियालेर साँझ उनै मालिका मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी सापकोटा सहितका समाज सेवीहरु मालिका मन्दिर तर्फ जिप चढेर उकालो लाग्यौ । उकालो बाटोमा जानजान कसैले कुलाको पानी लगाई दिए जस्तो दृश्य देख्दा दुख लाग्यो ।

कुन त त्यो कच्ची सडक त्यस माथी पानी लगाई दिदा जिप चढ्न बढो मुस्कील भयो । बढो मुस्कीलले माथी पुगेर मालिका मन्दिर वरै पर्ने प्रेम गुरुङ्गजीको पसलमा मलाई वास वसाउने व्यवस्था मिलायो । म त्यही वसरे रातभर बाग्लुङ्ग सिसाखानी र गुल्मी शान्तिपुर भेगका दाजु भाई दिदी वहिनीहरुको गित–भाका रेकर्ड गराएँ । त्यो रातभर सम्म कुनै पनि युवाहरुले उत्तेजक व्यवहार गरेनन् । बढो भाइचारका साथ रमाईलो गरियो ।

विहान तिन चार वजे देखि नै मानिसहरुको चहल पहल सुरु भयो । म कोठामा सुतेको थिए । विहान त्यस्तै साढे ६ वजे तिर उठेर ट्वाईलेट गएँ । त्यहाँबाट धारा तिर आउँदै थिएँ । एक जना भुस तिर्घे झम्टीन आयो । मंगोलियन चेहराको उक्त भुस तिर्घेले भन्यो–‘ओए ..भन…. साले यो वाईक कसको हो ?

मैले थाह छैन् भने नम्र स्वरमा । उ भन्दैनस् ….भनेर फेरी झम्टीने प्रयास ग¥यो । उ रक्सीले टिल थियो । उ आफुलाई मानौं कि त्यस मेलाकै डन ठान्दै थियो । मलाई आक्रमण गर्ने धेरै पटक प्रयास ग¥यो । तर केही युवा साथीहरुले उसलाई घुचाड्दै लगेर आक्रमण हुनबाट बचाए ।

मेला शान्तिपुर्ण गराउनका लागि त्यहाँका समाज सेवी र सुरक्षा निकायका मानिसहरु निद न भोक भएर खटेका छन् । रातभरीको त्यो जाडोमा तल भुवाचिदीबाट आएका समाज सेवीहरु जागाराम छन् । उज्यालो नहुँदै लाईनमा छन् भक्तजनहरु । तर हेर्दा मानिस जस्तो लाग्ने व्यहार चाँही बाँदरको जस्तै लाग्ने केहि जड्याहरुले हुल–दंग गर्ने हुन कि भन्ने त्रास बढि रहेको थियो । उता मलाई आक्रमण गर्न खोज्ने ति छाडा साँढेको व्यवहार देखाउने मताह भाई कतै फेरी मलाई आक्रमण गर्न आउने हुन कि भन्नेमा म अलि सजग भई रहेको थिएँ ।

तर एकादुई जनाको आक्रणलाई त्यहाँ रहेका मेरा फ्यानहरुले सहजै निस्तेज गर्दिन्छन भन्ने कुरामा म ढुक्क थिएँ । यसर्थ पनि दिउँसो अवेर सम्म त्यहाँ बसे । त्यस पछि मेरो आफन्तको घरमा आएर म निकै सोच मग्न भएँ । मालिका मेलाको विगतको स्मरण गरे । कुनै समय ति मलाई आक्रमण गर्ने मताह भाई जस्ता केहि साढेहरुको ज्यादतीका कारण महिला र वालवालिकाहरु बचाउन मुस्कील पर्दथ्यो ।

kurgha mela1

नाच–गान गरेर रमाईलो गर्न थालेकाहरु लगारिने गर्दथे । कसैले भाग्दा खुट्टै भाँच्दथे भने कसैले जुत्ता चप्पले छाडेर नाङ्गो खुट्टा घर आउने गर्दथे । जति वेला त्यहाँ पुगेका चेली वेटीहरु सुरक्षित घर फर्किन गाह्रो हुन्थ्यो । त्यति मात्र होईन त्यस कुर्घामा कसैको घरमा रमाईलो संग विवाह सम्पन्न गर्न मुस्कील थियो । वाहिरबाट जन्त जान समेत डराउनु पर्ने अवस्था थियो । ति ताका सायत कुनै त्यस्तो विवाह भएको होला जुन विवाहका जन्तीले पिटाई नखाएका हुन ।

तर अहिले त्यस्तो कम देखियो । तमाम युवाहरु शिष्ट र सभ्य भएर मेलाको रमाईलो लिएको देखियो । तर अझै पनि त्यस्ता केहि असभ्य मताहहरुको हर्कत मालिका मेलामा देख्दा निकै दुख लाग्यो । सज्जन युवाहरुले यसो नगर भन्दा पनि त्यस्ता मताहरुले नटेर्ने । हरेक कुरामा उसैको मपाई । आखिर उ पनि एउटा सामन्य नेपालीको छोरा हो । उसलाई जस्तो मात्तिएर हिड्न अरुलाई लाज लागे पनि रमाईलो लिने र विधिअनुसार पुजा गर्ने, वर माग्ने ईच्छा सवैमा भएर नै त्यहाँ पुगेका हुन् तर त्यसको उसलाई प्रवाह छैन् ।

आफुलाई खुव ठुलो डन ठानेको होला त्यसरी हजारौका सामु लतारिएर हिड्नेले तर उसलाई देख्ने कसैले उ संग कत्ति पनि मानवियता छैन भनेर घृणा गरी रहेका थिए । कुनै पनि मेला वा मानिसहरुको जमघटमा जाँड रक्सीले मात्तिएर मुर्खता देखाउनेहरुलाई अहिलेको सभ्य समाजले थुक्न थालेका छन् । त्यस्तो थुकाई खाने गरी हर्कत देखाउनेहरुले को कस्तो मान्छे भनेर चिन्दैनन र आफ्नै दिदी वहिनी पनि भन्दैनन भन्ने यस्ता थुप्रै घटनाले देखाएको छ ।

त्यस्ताहरुको मुद्धा समाज सेवीहरुले मिलाई दिन्छु भनेर अव नभन्नुहोस् । कुटाकुट गर्छन जाँडले मात्तिएर अर्को दिन निकै सज्जन र निर्दोष बनेर दलका मान्छे खोज्न जान्छन् । दलका मान्छेले त्यस्तैलाई काँध हाल्छन र प्रहरी प्रशासनमा लगेर बचाउ छन् । यहाँ सम्मकी घरकी आमा दिदी वहिनीको नाँख कानमा सुनपानी खाने गहना नभएकाहरुले ढेड दुई तोलाको सुनको सिक्री, त्यति नै वजनको वेरुवा औठी , घडि लगायतका जिन्सी विपक्षीले कुटपटि गर्ने क्रममा लुटेर लगेको भनेर मुद्धा लेखाउ छन् । ति लेख्ने मान्छेलाई पनि कस्तो लाज नलागेको हो ? जसले सदरमुकाममा मुद्धा लेखाउन आउनका लागि अरु संग दाँत किच्चाउदै ऋण मागेर आएको हुन्छ त्यसैको दुई तिन तोलाको वेरुवा औठी हरायो रे ।

कुटपिटका मुद्धा लेख्ने केहि लेखान्दासहरुको भाषा यस्तो हुने गर्दछ–‘ लात्ती–मुड्की, घुस्साले भित्रि मर्ममा चोट पुग्ने गरी हानी, लछार पछार गरी, देव्रे हातको सिको फाईव घडि, साईली औंलामा रहेको डेढ तोलाको वेरुवा औठी, गलामा रहेको दुई तोलाको सुनको सिक्री, कोटको भित्रि गोजामा रहेको हजार दरका १५ वटा र ५ सय दरका २० कित्ता पैसा समेत विपक्षीले लुटि लगेको ।

अनि उसका विपक्षीले त्यसलाई उल्टाउन अर्थात कुटेको होईन भन्ने पार्न लेखन्दासद्धारा यस्तो लेखाउछ–‘ फलानो महिना यति गते र फलानो समयमा उनि फलानो प्रसाद लटरम्म काफल पाकेको देखि काफल खाउँ खाउँ भनि रुखमा चढेको वेला माथील्लो हाँगा भाचिन गई सिधै तल खसेका हुन् । उक्त हाँगा संग खस्न गएका उनि भुईमा रहेको चुच्चे ढुङ्गोमा परी घाईते भएका हुन । जति वेला मैले तल उनले झारेका काफल टिप्दै थिए । हामी विचमा कुनै भनावैरी समेत भएको छैन् । अन्य रिसइवीका कारण उनले कुटपिटको झुटो मुद्धा दर्ज गरेका हुन्……आदि ।

यसर्थ अव यस्ता वनावटी मुद्धा दर्ज गरेर कुनै पनि जड्या र झगड्यालाई बचाउने कोशिस नगरौ । आफ्नो दलको मान्छे उ त्यति वेला मात्रै बनोस जति बेला उसले शान्तिपुर्ण तरकाले बाँच्न पाउने अरुको अधिकारी नछिनोस् । अरुको दिदी वहिनीहरुको ईज्जतलाई आफ्नै दिदी वहिनीहरुको ईज्जत ठानोस् । अरुको धन सम्पत्तीमा आँखा नगाडोस् र अरुको ईज्जत प्रतिष्ठामा पनि आँच नपुराओस् ।

भएको छ रामरमीतामा छाड साँढे झैं । अरुका चेलेवेटी चिमोट्को छ । कुनै निर्दोषलाइ ठक्कर दिदै हिडेको छ । वोलीभाषामा शिष्टता छैन् । वाउको उमेरको मान्छेलाई समेत तँ– तिमी भनेर अपमान गर्छ । सामाजिक मर्यादाको खिल्ली उडाउ छ । त्यस्तालाई दलका मानिसहरुले ढाकछोप गर्नु भनेको समाजमा अपराधिक गतिविधीलाई बढवा दिनु हो भन्ने महशुस गरे मैले त्यस मालिका मेलाबाट फर्किदै गर्दा ।

धेरै पहिले देखि कुर्घामा अपराधिक गतिविधीहरु हुँदै आएका छन् । वसमा यात्रा गर्दै आई रहेकोले निर्घात कुटाई खाएका घटना छन त्यस कुर्घामा । हात खुट्टा बाँधेर बडिघाट खोलाको विच ढुङ्गाको कापमा शव फेला पर्दा सम्म अपराधी पत्ता लगाउन सकेको छैन प्रहरीले । त्यसबाट थप त्रसित छन त्यहाँका समाज सेवी र सर्वसाधरणहरु ।

यस प्रति सम्वन्धित निकायको ध्यान जावोस् । साथै समाजमा त्यस्ता मताह भाईहरु बेलैमा सच्चीउन अन्यथा एक दिन न एक दिन जेल नेल वा प्रहरी कस्डडीको चिसो नखाईएला भन्न सकिन्न । ति र त्यस्ता केहि सन्काहहरु वाहेक यसपालीको मालिका मेलामा व्यवस्थापन समिति , सुरक्षा निकाय र अधिकांस भक्तजनहरुको जुन शिष्ट र सभ्य व्यवहर देख्न पाउँदा निकै खुशी लागेको छ । सवैको सधै त्यस्तै व्यवहारका साथमा मालिका मेला सभ्य र भव्य भएको देख्न पाउँ । समितिका सकल परिवार , स्थानिय समाज सेवीहरुलाई साधुवाद……………………

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती मुलुकमा संकट पर्दा कांग्रेस र एमाले जहिल्यै एकताबद्ध छन् : ईश्वर पोखरेल एमाले सचिवालय बैठक जारी