२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्प पिडित बाट रकम अशुल्ने १९ प्राविधिक कारवाहीमा

२०७६, १६ असार सोमबार १०:५५

असार १६, काठमाडौँ | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ । 

प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिक विभिन्न गैरकानूनी काममा संलग्न रहेको आरोपमा कारवाही गरिएको हो । भूकम्पपीडितबाट गैरकानूनी रुपमा रकम असुलेको, पीडितलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र जिल्ला आयोजना कार्यान्वयन एकाइले दिएका निर्देशन पालना नगरेका कारण कारवाही गरिएको प्राधिकरणले जनाएको छ ।

 ती प्राविधिकको करार सम्झौता भङ्ग गरी नियमानुसार कारवाही गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । कारवाहीमा पर्नेमा १२ इञ्जिनीयर, पाँच सव–इञ्जिनीयर र दुई जना सहायक सव–इञ्जिनीयर छन् ।

 तीमध्ये नुवाकोटमा कार्यरत आठ, काभ्रेपलाञ्चोकमा कार्यरत तीन,  सिन्धुपाल्चोकमा कार्यरत दुई, दोलखामा कार्यरत दुई, धादिङमा कार्यरत दुई जना छन् । भोजपुर र सोलुखुम्बुमा कार्यरत एक–एक जना प्राविधिक रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो