2026-07-10 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परपुरुषसंग अनैतिक सम्बन्धको लागि आफ्नै आमा मार्ने छोरी यिनै हुन्

2019-07-01

असार १६, काठमाडौँ | जन्मदिने आमाको लागि यस संसारमा आफ्नो सन्तान भन्दा प्रिय अरु कोहि हुन सक्दैन ! आफ्नो पेट भोको राखेर छोराछोरीको भविष्यको लागि अनेकौ बाधा अड्चन सहेर संसारमा बाच्न सिकाउछिंन | डुब्न लागेको घाम जस्तै बुढेसकालमा सहाराको निम्ति आफ्ना जन्माएका छोराछोरीको सहारा लिन पुग्छन | 

तर जन्माएका ति छोरा छोरीले आफैलाई मार्न सम्म पुग्छन भन्नेकुरा साहेत जन्मदिने आमाले कहिल्यै सोच्न पनि सक्दैन्न |  तर भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईलाई यस्तै भयो ,जुनकुरा जन्मदिने जोकोही आमाले सोच्न सक्दैनन्  | परपुरुष संगको अनैतिक सम्बन्धको लागि र आफ्नो केहि स्वार्थको लागि आफुलाई जन्मदिने आमा ,संसारमा पाइला टेकाउने आमाको ह्त्या गर्न लाखौ खर्च गर्न पनि तयार भईन आफ्नै छोरी |

मंगलबार भएको सावित्रीको हत्यामा  संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् । 

मृतककी छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादबीचको सम्बन्धको बारेमा साबित्रीले थाहा पाएपछि कुरा बाहिर आउछ भन्ने डरले उनकाे हत्या गरिएकाे प्रहरीले जनाइको छ । आमालाई मार्न भनी ईश्वरीले १२ लाख रुपैयाँ दिई भारतबाट मोहम्मद रहिश र भोला कुमारलाई बोलाएकी थिइन् । साबित्रीलाई बिहान ११ बजेतिर मोटरसाइकलमा आएका दुई हतियारधारीले घाँटी रेटी हत्या गरेर भागेका थिए | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो