२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

२०७६, १७ असार मंगलवार ०२:४९

असार १७, लम्की । कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् ।

उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ । विद्यार्थीमा कन्र्भसन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताउनुभयो । “बढी तनाव तथा दवाबमा पर्दा मानसिकरूपमा यस्तो समस्या आउने गर्दछ ।” सापकोटाले भन्नुभयो, “यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन । उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।” स्वास्थ्य केन्द्रमा आएका विद्यार्थीको अवस्थामा सुधार भइरहेको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा