2026-07-10 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीसँग मिलेर आमाको हत्याः कहाँ गयो २२ लाख रुपैया ?

2019-07-03

 असार १८, काठमाडौं । कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ ।

मोहम्मद नौसाद र मृतककी छोरी ईश्वरी भट्टराईलाई सात दिन र चक्कु प्रहार गर्ने माहम्मद रहिस र सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई ६ दिन थुनामा राख्न अदालतबाट म्याद लिइएको छ । 

गत आइतबार भक्तपुर चाँगुनारायण नगरपालिका ७ बाँसबारीस्थित घरमा सावित्री भट्टराईको घाटी रेटी हत्या गरिएको थियो ।

हत्याको मुख्य कारण मृतककी कान्छी छोरी ईश्वरी र २३ वर्षिय अविवाहित मोहम्मद नौसादबीच कायम विवाहेत्तर प्रेम रहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ । 

हत्याको घटनासँगै परिवार सदस्यले घरबाट २२ लाख हराएको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीका निम्ती जग्गा किन्न भन्दै २२ लाख जुटाइएको थियो । 

प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीसँग इश्वरी र श्रीमानले घर बनाउन १२ लाख सापटी लिएका थिए । दिदीले जग्गा किन्ने भएपछि ईश्वरीका श्रीमानले सहकारीबाट १६ लाख ऋण लिएका थिए ।

हाल उक्त रकम हराइरहेको छ । यो समाचार आजको कान्तिपुरमा छापिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो