२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिबियामा हवाई आक्रमणमा परी ४० आप्रवासी मारिए

२०७६, १८ असार बुधबार १५:१४

असार १८, त्रिपोली । लिबियामा आप्रवासीहरू बस्ने ठाउँमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ४० आप्रवासी मारिएका छन् । राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको बन्दीगृहमा भएको आक्रमणमा परी अरू ८० जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 

संयुक्त राष्ट्रसङ्घको समर्थन रहेको सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मालेक मेर्सेकले ४० जनाको मृत्यु भएको र ८० भन्दा बढी घाइते भएको पुष्टी गर्नुभयो । 

युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरू बसेको ठाउँमा आक्रमण भएको हो । आक्रमणका बेलामा १२० जना आप्रवासी बन्द कोठाभित्र रहेका थिए । 

राष्ट्रसङ्घले सघाइरहेको प्रधानमन्त्री फयेज अल सेरा नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले यो आक्रमणमा स्वघोषित लिबियन नेशनल आर्मी (एलएनए) लाई दोष लगाएको छ ।

आक्रमणको राष्ट्रसङ्घलगायत थुप्र्रै अन्तर्राष्ट्रिय सङ्घसंस्था र विभिन्न देशहरूले निन्दा गरेका छन् । उनीहरूले यो आक्रमणलाई अमानवीय र पाशविक आक्रमणको संज्ञा दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा