८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा पाण्डे

२१ पुष २०७२, मंगलवार १०:०६

प्रेम सुनार/ पुस, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघको अधिवेशनले निवर्तमान वरिष्ठ उपाध्यक्ष दुर्गा पाण्डेलाई अध्यक्षमा चयन गरेको छ । आईतवार सम्पन्न २४ औं साधरण सभा तथा अधिवेशनले अध्यक्ष, सचिव , कोषाध्यक्ष , सहकोषाध्यक्ष र दुई जना महिलाहरुलाई सर्वसम्मत चयन गरे पनि अन्य पदका लागि मतदान प्रकृयामा जानु परेको थियो ।
durga pandey - gulmi
नयाँ कार्य समितिको उपाध्यक्षमा श्रीप्रसाद भलामी, रामप्रसाद पन्थी र ईस्वरी पौड्याल निर्वाचित भएका छन् । उनिहरु संग प्रतिस्पर्धा गरेका राजकुमार कक्षपति र श्यामप्रसाद पाण्डे भने पराजित भएका छन् ।

त्यसै गरी महासचिवमा तारप्रसाद भुसाल निर्वाचित भएका छन् । उनि संग प्रतिस्पर्धा गरेका निवर्तमान महासचिव कृष्णप्रसाद पोखरेल पराजित भएका छन् । सचिवममा विरेन्द्र भुसाल, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहरा, सहकोषाध्यक्षमा ईस्वरी वेलवासे र सदस्यहरुमा शिला श्रेष्ठ र निर्मला केसी सर्वसम्मत भएका हुन् ।

निर्वाचित सदस्यहरुमा रामप्रसाद पन्थी, फर्शुराम पाण्डे, मृगेन्द्र श्रेष्ठ, गणेश पाण्डे, रामु सुनार, मनिराम अर्याल , ज्ञानहरी सापकोटा र चेतनारायण पाण्डे रहेका छन् । २५ सदस्यीय कार्य समितिमा बाँकी सदस्य भने मनोनित गरिने नव निर्वाचित महासचिव तारप्रसाद भुसालले बताए । तस्वीर नव निर्वाचित अध्यक्ष दुर्गा पाण्डे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.संजिव कुमार शर्मालाई बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार आज पनि शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको : कुन्तीकुमारी शाही सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनायो कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे